अर्थमन्त्री खतिवडाले भारतीय वित्तमन्त्रीसामू उठाए नोटबन्दीको मुद्धा

Oct 04, 2019 01:01 PM Merolagani



अर्थमन्त्री डा. युवराज खतिवडाले भारत सरकारले ठूला भारु नोटको सटहीमा प्रतिबन्द लगाएपछि देखिएका समस्याको सामाधानको लागि पहल गर्न भारतीय वित्तमन्त्री निर्मला सितारमणसँग आग्रह गरेका छन्। 

  भारतको वित्त मन्त्रालयमा बिहीबार भएको भेटवार्तामा खतिवडाले भारु ५०० र १ हजारका नोट प्रचलनमा बन्देज लगाउनु भन्दा पहिले नेपालमा मौज्दात भारु ५ करोडको सटही सम्बन्धमा देखिएको समस्या समाधानका लागि पहल गर्न सितारमणसँग अनुरोध गरेका हुन्।

अर्थमन्त्री खतिवडाले  भारतबाट नेपाल जाने व्यक्तिहरुले आफुसँग लैजान पाउने ठूला दरका भारु नोटहरु फर्काउने सम्बन्धमा द्धिविधा भएकाले त्यसलाई स्पष्ट हुने गरी आवश्यक सूचना जारी गरी समस्या सामाधान गर्न आग्रह गरे। 

भेटवातामा भारतका वित्तमन्त्री सितारमण विगतको भारु नोट प्रचलनमा भएको बन्देज र भारु नोट प्रयोगका क्रममा उत्पन्न समस्यालाई दुबै देशको सहमतिमा समाधान गरिने बताइन्।

 

अर्थमन्त्री खतिवडाले भेटको अवसरमा नेपाल इन्फ्रास्टकचर बैंकमा भारतीय लगानीकर्ताबाट समेत इक्विटीमा लगानी गर्नका लागि प्रकृया अघि बढीसकेकाले भारतले समेत सो कार्य अघि बढाउन आग्रह गरे।

नेपालको वैदेशिक व्यापारको दुईतिहाई हिस्सा भारतसँग भएको उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले बढ्दो व्यापार घाटा सम्बोधन गर्न भारत सरकारबाट समेत सहयोगको हुनुपर्ने धारणा राखे।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।