साढे २ करोड कित्ता शेयर धितोपत्र बजारमा सूचीकृत

Oct 05, 2019 04:35 AM Tirtha Raj Poudyal

यस साता चार कम्पनीको दुई करोड ५२ लाख ६५ हजार ८१३ कित्ता शेयर थपिएको छ। प्राइम कमर्सियल बैंक, एनसीसी बैंक, आईएमई जनरल इन्स्योरेन्सको बोनस तथा ग्लोबल आइएमई बैंकले प्राप्ती गरेको हाथवे फाइनान्सको कन्भर्जन शेयर गरि सो परिमाणमा शेयर सूचीकृत भएको हो।

प्राइम कमर्सियल बैंक (PCBL) ले वितरण गरेको १ करोड २८ लाख कित्ता शेयर कारोबारका लागि यसै साता बैंकले सूचीकरण गराएको हो। बैंकको २०७६ जेठ २६ गते आइतबार सम्पन्न भएको ११ औं वार्षिक साधारण सभाबाट उक्त बोनस पारित भएको थियो। । सो बोनस साधारण सभाका लागि शेयरधनी दर्ता किताब बन्द भएको मिति जेठ ९ भन्दा अघिल्लो दिनसम्म कायम रहेका शेयरधनीले मात्र पाउनेछन्।

यसैगरि नेपाल क्रेडिट एण्ड कर्मस बैंक (NCCB) को एक करोड ११ लाख ५२ हजार ५३५ दशमलव २२ कित्ता बोनस शेयर पनि यसै साता कारोबारका लागि सूचीकृत भयो।

एनसीसी बैंकको गत भदौ २१ गते सम्पन्न २० औं र २१ औं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट चुक्ता पूँजीको १५.८९ प्रतिशत बराबरको कित्ता बोनस शेयर पारित भएको थियो। उक्त बोनस शेयर अनुमोदन भएको थियो। सो बोनस साउन २३ गते बिहीबारसम्म कायम रहेका शेयरधनीले मात्रै पाउनेछन्।

यसै साता आइएमई जनरल इन्योरेन्स (IGI) को ४ लाख ८६ हजार कित्ता बोनस सूचीकृत भएको छ। इन्योरेन्सले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट वितरण गरेको चुक्ता पूँजी चुक्ता पूँजी ९७ करोड २० लाख रुपैयाँको ५ प्रतिशत बराबरको बोनस कम्पनीको २०७६ असार २९ गते सम्पन्न २१ औं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर अनुमोदन भएको थियो। कम्पनीको बोनस असार १४ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र शेयर डिम्याट खातामा प्राप्त गर्नेछन्।

कम्पनीले उक्त बोनस शेयरका लागि नगद लाभांश वितरण नगरेकाले शेयरधनीले बोनस शेयरमा लाग्ने कर रकम सिद्धार्थ बैंकको खाता नम्बर ०३३१५०४७८९१ मा जम्मा गरि उक्त भौचर इन्स्योरेन्सको शेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटलमा इमेल पठाए पश्चात मात्र शेयरधनीले उक्त लाभांश पाउनेछन्।

यसैगरि ग्लोबल आइएमई बैंक (GBIME) को पनि १२ लाख ६० हजार कित्ता शेयर सूचीकृत भएको छ। यो शेयर हाथवे फाइनान्सको १०० बराबर ४२ अनुपातमा कन्भर्जन भएको शेयर हो। हाथवे फाइनान्सको चुक्ता पूँजी ३० करोड रहेकोमा ४२ शेयर अनुपातमा सूचीकृत हुँदा १२ करोड ६० लाख बराबरको शेयर सूचीकृतरण भएको हो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।