शेयर शिक्षाः कस्तो शेयरलाई हकप्रद शेयर भनिन्छ ?

Oct 08, 2019 09:55 AM Merolagani



सर्वसाधारणलाई साधारण शेयर (आईपिओ) निष्काशन गरिसकेका कम्पनीहरुले पुनः निष्काशन गर्ने शेयरमा विद्यमान शेयरवालाहरुको पहिलो हक हुने शेयरलाई हकप्रद शेयर भनिन्छ।

कम्पनीले पूँजी वृद्धि गर्न आफ्ना विद्यमान शेयरधनीले मात्र खरीद गर्नसक्ने गरी हकप्रद निष्काशन गरेको हुन्छ। जुन लगानीकर्ताले हकप्रद शेयर खरिद गर्न तोकिएको दरमा मूल्य तिर्नुपर्ने हुन्छ।

साधारणतया कम्पनीहरुले एक सय रुपैयाँको दरमा हकप्रद शेयर जारी गर्छन् । हकप्रद कम्पनीको चुक्ता पूँजीको अनुपात वा प्रतिशतमा जारी गरिएको हुन्छ ।

उदाहरणका लागि कुनै एउटा कम्पनीको चुक्ता पूँजी एक अर्ब छ भने त्यसको एक बराबर एकको अनुपातलाई शतप्रतिशत हकप्रद शेयर निष्काशन भन्ने बुझिन्छ। अर्थात कुनै कम्पनीको एक सय कित्ता शेयर हुनेले उक्त कम्पनीबाट थप एक सय कित्ता हकप्रद शेयर खरीद गर्न सक्नेछन्।

हकप्रद शेयर खरीद गर्ने वा नगर्ने भन्ने निर्णय गर्न शेयरधनीहरुलाई स्वतन्त्रता हुन्छ। शेयरधनीहरुले आफूसँग भएको शेयरको अनुपातमा हकप्रद शेयर खरीद गर्ने अधिकार हुन्छ। हकप्रद शेयर शेयरधनीले किन्नैपर्छ भन्ने बाध्यता पनि हुँदैन।

यद्यपी हकप्रद जारी पश्चात सम्बन्धित कम्पनीको शेयरमूल्य समायोजन भई घटने हुँदा हकप्रद शेयर नभर्दा पनि शेयरधनीको शेयरको मूल्य घटने हुँदा हकप्रद नभर्दा लगानीकर्तालाई थप घाटा नै हुन्छ।

 




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।