शेयर शिक्षाः कम्पनीहरुले वितरण गर्ने लाभांश के हो?

Oct 07, 2019 03:32 AM Sabina Bajgain



कुनै पनि पब्लिक कम्पनीले आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने मुनाफाको अंशलाई लाभांश भनिन्छ। कुनै पनि कम्पनीको लाभांश दुई किसिमबाट वितरण गरिन्छ । १) बोनस शेयर २) नगद लाभांश।

  • बोनस शेयर के हो? 

कुनै पनि सूचीकृत कम्पनीले चुक्ता पूँजी वृद्धिका लागि आफ्ना शेयरधनीहरुलाई बिना कुनै मूल्य वितरण गर्ने शेयरलाई बोनस शेयर भनिन्छ ।

यस्तो शेयर कम्पनीको मुनाफा वा बितरण योग्य मुनाफा रकमबाट दिइन्छ । कम्पनीको मुनाफाबाट भएको बचत वा जगेडा कोषलाई पुँजीकरण गरी शेयरधनीहरुलाई अतिरिक्त शेयरको रूपमा जारी गरिएको शेयर नै बोनस शेयर हो ।

बोनस शेयर सामान्यतया शेयरधनीले लिएको शेयर संख्याको आधारमा वितरण गरिन्छ । जस्तैः लगानीकर्तासँग कुनै कम्पनीको पाँच सय कित्ता शेयर छ । उक्त कम्पनीले २० प्रतिशत बोनस शेयर बितरण गर्ने निर्णय गर्छ भने अब लगानीकर्तासँग एक सय कित्ता बोनस थपिएर ६ सय कित्ता शेयर पुग्नेछ ।

  • नगद लाभांश के हो?

कम्पनीले आर्जन गरेको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई नगदमा दिइने प्रतिफललाई नगद लाभांश भनिन्छ।
बोनस बापत प्राप्त शेयरबाट कम्पनीको चुक्ता पूँजी वृद्धि हुन्छ भने नगद लाभांश सिधै शेयरधनीको बैंक खातामा जम्मा हुन्छ ।

यद्यपी कुनै पनि कम्पनीको लाभांश पाउनका लागि लाभांश वितरण र साधारण सभा पयोजनका लागि गरिने शेयर दाखिला खारेजी (बुकक्लोज  ) हुनु अगाडि नै उक्त कम्पनीको शेयरधनी बनिसक्नुपर्ने हुन्छ। यदि बुकक्लोज भएपछि उक्त कम्पनीको शेयर खरिद गरेमा कम्पनीले वितरण गर्ने लाभांशको हिस्सेदार बन्न पाइदैन।

कम्पनीले बुक्लोजको सूचना राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गर्छ ।  यसरी लगानीकर्ताहरुले समयमा नै आफूले चाहेको कम्पनीको शेयर खरिद गरी लाभांश सुरक्षित गर्न सक्नेछन् । यसका लागि कम्पनीले समय-समयमा प्रकाशन गर्ने सूचना तथा विवरणका बारेमा जानकार हुन जरुरी छ ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।