माछापुच्छ्रे बैंकको १९औँ वार्षिकोत्सव सम्पन्न,ल्यायो यस्ता छुट अफर

Oct 05, 2019 04:28 AM Merolagani



माछापुच्छ्रे बैंकले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय तथा सम्पूर्ण शाखा कार्यालयहरुमा केक काटेर वार्षिकोत्सव मनाएको छ ।

केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले केक काटेका थिए भने बैंकको अन्य सम्पूर्ण शाखाकार्यालयमा सम्बन्धितशाखाप्रमुखहरुले केक काटेका थिए ।

सन् २००० मा पोखरामा संस्थापित माछापुच्छ्रे बैंकले असोज महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाईरहेको छ । हरेक वर्ष असोज १७ गतेलाई वार्षिकोत्सव दिनको रुपमा मनाउने बैंकले यसवर्ष १९ औँ वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरुलाई विभिन्न १९ प्रकारका विशेष सुविधाहरु प्रदान गर्दै आएको छ ।

बैंकले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा हरेक वर्ष माछापुच्छ्रे महोत्सवको आयोजना गर्दै विभिन्न छुटहरु प्रदान गर्दै आएको छ । यस वर्ष पनि बैंकले बैंकिङ्ग कारोबार शुरु गरेकोे १९ वर्ष पूरा गरी २० औं वर्षमा प्रवेशको उपलक्ष्यमा असोज महिना भरी आफ्नो सम्पूर्ण शाखाहरु मार्फत विभिन्न १९ प्रकारका थप सुविधाहरु प्रदान गरिरहेको छ।

बैंकले ग्राहकमहानुभावहरुलाई असोज महिनाभर निःशुल्क डेबिट कार्ड प्रदान गरीरहेको छ भने डिम्याट खाता तथा मेरो सेयर खाता निशुल्क खोलीरहेको छ ।

योजना अवधिभर लकर सुविधा लिन चाहने ग्राहकलाई ५० प्रतिशत छुट, ५ वा ५ जनाभन्दा बढिको समुहमा क्रेडिट कार्ड लिनेलाई कार्ड जारी शुल्कमा शतप्रतिशत छुट, बैंकको डलर कार्ड जारी शुल्कमा पनि ५० प्रतिशत छुट, आइएनआर-युएसडी र ट्राभल ड्राफ्ट जारी शुल्कमा ५० प्रतिशत छुट, गुड फर पेमेन्टमा पनि ५० प्रतिशत छुट लगायतका अन्य थुपै सुविध प्रदान गर्नेछ । बैंकले प्रदान गर्ने विभिन्न सुविधाहरुको भरपुर फाईदा उठाउन इच्छुक महानुभावहरुले आफ्नो नजिकको शाखामा गई माछापुच्छ्रे महोत्सवमा सहभागी हुन सक्नेछन् ।

स्थापनाको २० वर्षमाआईपुग्दा बैंकले पुर्वमाझापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १४० वटा शाखाहरु, १३० शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २७० स्थानबाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर १६२ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।