कटारीको भोर्लेनीमा मिनीट्रक दुर्घटना हुँदा १७ घाइते

Oct 13, 2019 05:08 PM RSS

कटारी नगरपालिकाको भोर्लेनीमा आज एउटा मिनीट्रक दुर्घटना हुँदा १७ जना घाइते भएका छन् भने दुईको अवस्था गम्भीर रहेको छ ।

इलाका प्रहरी कार्यालय कटारीका अनुसार रिस्कुबाट कटारीतर्फ आउँदै गरेको बा ३ ख ७३०१ नम्बरको मिनीट्रक कटारी ५ भोर्लेमा दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् भने दुईको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

कटारी–१० का २० वर्षीया वीना विक र सुनसरीको इटहरी उपमहानगरपालिका–१० का ३० वर्षीया कल्पना विकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रेमसागर केसीले बताउनुभएको छ। उनीहहरुको उपचारका लागि तत्काल विराटनगर पठाएको इलाका प्रहरी कटारीले बताएको छ।
अन्य घाइतेको कटारी अस्पतालमा प्राथमिक उपचार पछि अहिले विराटनगर तथा सुनसरीको धरान उपचारको लागि रिफर भइरहेको पनि प्रहरीले बताएको छ । सवारी साधनका चालक फरार रहेको कारण उनको खोजी भइरहेको पनि प्रहरीले बताएको छ ।

  • यात्रुबाट बढी सवारी भाडा लिने सवारीसाधन कारवाहीमा

उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बजारबाट राजधानी काठमाडौँका लागि सञ्चालन हुने बस र र सुमोसहित सातवटा सवारीका साधनले यात्रुबाट महँगो सवारी भाडा लिएर ठगि गरेको कारण यी सवारीका साधनलाई ट्राफिक प्रहरी कार्यालय उदयपुरले पक्राउ गरी कारवाही शुरु गरेको छ ।

दशैँको समयमा यातायात व्यवसायी स्थानीय प्रहरी प्रशासनसहित बसेर निर्धारण गरेको भाडादरभन्दा दोब्बर महँगो भाडा लिएर यात्रु ठग्ने सातवटा सवारीसाधनलाई पक्राउ गरेर कारवाही शुरु गरिएको ट्राफिक प्रहरी कार्यालय उदयपुर गाईघाटका प्रमुख दिनेश चौधरीले बताए।

यसरी कारवाहीमा पर्ने ठूला सवारीसाधन बसमा गाईघाट– काठमाडौँ सञ्चालन हुने बस बा४घ ४८४८, बा ४ ख १९२६, बा२ख ९१८८ र बा ५ ख ५७४५ नम्बरका बस रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

गाईघाट काठमाडौँ प्रतियात्रु सवारी भाडा ८०० निर्धारण गरेको भए पनि यी सवारीसाधनका सञ्चालकले प्रतियात्रु एक हजार पाँचका दरले टिकट काटेर यात्रु ठगिरहेको रङ्गेहात पक्राउ गरिएको कारण बसका तीनजना स्टाफलाई समेत आजै पक्राउ गरिएको पनि ट्राफिक प्रहरीले बताएको छ। यात्रुबाट ठगेको १४ हजार ७०० भने यात्रुलाई नै फिर्ता गराइएको पनि प्रहरीले बताएको छ।

यस्तै गाईघाट काठमाडौं सञ्चालन हुने र महँगो सवारी भाडा लिने तीनवटा सुमोलाई पनि पक्राउ गरेर कारवाही शुरु गरिएको ट्राफिक प्रहरीले जनाएको छ । कारवाहीमा परेको सुमोमा ना १ ज ६९२०, ना १ ज ६२७९ र स १ प ४७२ नम्बरका सुमो रहेको छन्। गाईघाट काठमाडौँ प्रतियात्रु एक हजार सुमो भाडा निर्धारण गरिएको भए तापनि यी सुमोले प्रतियात्रु एक हजार २०० देखि एक हजार ४०० सम्म सवारी भाडा लिएको भेटिएको कारण कारवाही अगाडि बढाइएको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख वीरबहादुर बुढामगरका अनुसार यात्रु ठग्ने सवारी सञ्चालकमाथि ठगी सम्बन्धी मुद्दा चलाउने तयारी भएको प्रहरी प्रमुख बुढामगरले बताए।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।