शिवश्री हाइड्रोको आईपीओमा संस्थालाई पनि आवेदन खुला, हालसम्म कति पर्यो आवेदन ?

Oct 14, 2019 01:15 PM Merolagani

शिवश्री हाइड्रोपावर (SSHL) को आईपीओमा संगठित संस्थाले समेत आवेदन दिन पाउने भएका छन्। सर्वसाधारण लगानीकर्तामा असोज १६ गतेदेखि बिक्री खुला भएको कम्पनीको आईपीओमा न्यून आवेदन परेपछि संगठित संस्थाहरुलाई समेत आवेदन दिन पाउने व्यवस्था गरिएको हो।

कम्पनीको आईपीओमा असोज २४ गते शुक्रबारसम्म न्यून आवेदन परेपछि बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले संगठित संस्थाहरुले समेत असोज २५ गतेदेखि आवेदन दिन पाउने गरी व्यवस्था थप  गरेको हो।

आईपीओमा  कात्तिक १५ गतेसम्म आवेदन दिन पाउने व्यवस्था  छ।

हाइड्रोपावरले सर्वसाधारणमा ३३ करोड ५१ लाख रुपैयाँको प्राथमिक शेयर बिक्रीमा ल्याएकोमा असोज २७ गते सोमबार अपराह्न सम्ममा १० हजार १०० जना आवेदनबाट ४ करोड ९० लाख रुपैयाँ बराबरको ४ लाख ९० हजार कित्ता शेयर खरिदको लागि आवेदन परेको क्यापिटलले जनाएको छ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई बिक्री नभएको शेयर समेत थपेर एक सय रुपैयाँ अंकित दरका ३३ करोड ५१ लाख रुपैयाँ बराबरको ३३ लाख ५१ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो।

कम्पनीले यसअघि गत पुस २७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई १४ लाख ७६ हजार कित्ता शेयर निष्काशन गरेको थियो। जसमा ३ लाख ३९ हजार कित्ता शेयर मात्र बिक्री भएपछि बाँकी रहेको ११ लाख ३६ हजार कित्ता शेयर समेत थप गरी सर्वसाधारणमा बिक्री गरेको हो।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १० लाख कित्तासम्म खरीदको लागि आवेदन दिन सक्नेछ्न्।

आईपीओमा आवेदन गर्न चाहने लगानीकर्ताले धितोपत्र बोर्डमा आश्वा प्रणालीमा आवद्ध सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट सिआश्वा प्रणाली मार्फत र मेरो शेयर प्रयोगकर्ताले सो सफ्टवेयरबाट अनलाईन आवेदन मार्फत पनि आईपीओ भर्न सक्नेछन् ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।