अजोड इन्स्योरेन्सकाे आईपीओ निष्काशनकाे लागि एनआईबिएल एस क्यापिटल बिक्री प्रबन्धक

Oct 15, 2019 01:50 PM Merolagani



अजोड इन्स्योरेन्स (AJOD) ले आईपीओ निष्काशन प्रकृया अघि बढाएको छ। इन्स्योरेन्सले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने प्रकृया अघि बढाएको हो ।

आईपीओ निष्काशन गर्न कम्पनीले एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

शेयर निष्काशन सम्बन्धी सम्झौता—पत्रमा अजोड इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार एनआईबिएल एस क्यापिटलले इन्स्योरेन्स कम्पनीको शेयर निष्काशन तथा बिक्री सम्बन्धी सम्पूर्ण कार्य गर्नेछ ।

आईपीओ निष्काशन गरेर सर्वसाधारणलाई वितरण गरेपछि इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब पुग्ने छ । इन्स्योरेन्सको हाल अधिकृत पूँजी एक अर्ब, जारी पूँजी एक अर्ब र चुक्ता पूँजी ७० करोड रुपैयाँ छ ।

 




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।