अजोड इन्स्योरेन्सकाे आईपीओ निष्काशनकाे लागि एनआईबिएल एस क्यापिटल बिक्री प्रबन्धक

Oct 15, 2019 01:50 PM Merolagani



अजोड इन्स्योरेन्स (AJOD) ले आईपीओ निष्काशन प्रकृया अघि बढाएको छ। इन्स्योरेन्सले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने प्रकृया अघि बढाएको हो ।

आईपीओ निष्काशन गर्न कम्पनीले एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

शेयर निष्काशन सम्बन्धी सम्झौता—पत्रमा अजोड इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार एनआईबिएल एस क्यापिटलले इन्स्योरेन्स कम्पनीको शेयर निष्काशन तथा बिक्री सम्बन्धी सम्पूर्ण कार्य गर्नेछ ।

आईपीओ निष्काशन गरेर सर्वसाधारणलाई वितरण गरेपछि इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब पुग्ने छ । इन्स्योरेन्सको हाल अधिकृत पूँजी एक अर्ब, जारी पूँजी एक अर्ब र चुक्ता पूँजी ७० करोड रुपैयाँ छ ।

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।