एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ को सूचीकरण खारेज

Oct 18, 2019 02:20 PM Merolagani

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ को सूचीकरण खारेज भएको छ। म्युचुअल फण्डको अवधि कार्तिक २ गते परिपक्क हुने भएसँगै नेपाल स्टक एक्सचेञ्जले कार्तिक १ गते फण्डको सूचीकरण खारेज गरेको हो।

फण्डको सूचीकरण खारेजीको लागि योजना व्यवस्थापकले असोज ३० गतेलाई फण्डको इकाई कारोबारको अन्तिम मिति तोकेको थियो।

असोज ३० गते बिहीबार नेप्सेमा कारोबार भई कायम रहने इकाईधनीले मात्र सो योजनाको प्रतिफल पाउने योजना ब्यवस्थापक एनएमबि क्यापिटलले जनाएको छ।

 

एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबी सुलभ फण्ड १ को साढे ७ करोड इकाई शेयर बजारमा सूचीकृत थियो। सामुहिक लगानी कोष नियमावली २०६७ को नियम ३१ खण्ड क मा भएको व्यवस्था अनुसार योजनाको अवधि समाप्त भएपश्चात खारेजी प्रक्रियामा लगिएको हो।

कम्पनीले उपनियम ६ बमोजिम धितोपत्र बोर्डबाट असोज ६ गते योजना खारेजीमा लैजान अनुमति पाएको थियो। यससँगै नियम ३२ का उपनियम ३ बमोजिम योजना अन्तर्गतको सम्पत्तिलाई नगदमा परिणत गरि इकाईधनीलाई स्वामित्वको आधारमा भुक्तानी दिइने फण्डको व्यवस्थापकले जनाएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।