अमेरिकी स्वास्थ्य नियामकले क्यान्सर लाग्ने वस्तु फेला पारेपछि जोनसन बेबी पाउडर बजारबाट फिर्ता

Oct 21, 2019 04:09 PM Agency



बालबालिकाका लागि स्याम्पु, साबुन तथा पाउडर बनाउने अमेरिकी बहुराष्ट्रिय फर्मास्युटिकल्स तथा मेडिकल उपकरण निर्माता कम्पनी जोन्सन एन्ड जोन्सनले ३३ हजार बेबी पाउडरका बोतल फिर्ता लिएकाे छ।

अनलाइनबाट खरिद गरिएका ती बेबी पाउडरमा क्यान्सरको तत्व अस्बेस्टस फेला परेपछि कम्पनीले अमेरिकामा ३३ हजार बोतल फिर्ता मागेकाे हो । 

अमेरिकी स्वास्थ्य नियामक फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (यूएसएफडीए) ले परिक्षणका लागि केही नमुना लिएको थियो । यी नमुनामा क्यान्सरको कारक तत्व फेला परेको हो । योसँगै कम्पनीले स्वेच्छिक रुपमा उक्त लटका सबै ३३ हजार बोतल फिर्ता मागेकाे हो ।

यो खबर सार्वजनिक भएपछि शुक्रवारको कारोबारमा कम्पनीको शेयर मूल्य ६.२ प्रतिशतले घटेर प्रतिकित्ता १२७ डलर ७० सेन्टमा आएको थियो । शेयरमा आएको यो कमी सन् २०१८ को डिसेम्बरयता कै धेरै हो ।

अमेरिकाको एक अदालतले यसै वर्षको अगस्टमा कम्पनीमाथि ५७.२० करोड डलरको जरिवाना लगाएको थियो ।

-एजेन्सी




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।