गुहेश्वरी मर्चेण्टको चन्द्रनिगापुरमा शाखा र सिमरा एक्सटेन्सन काउण्टर विस्तार

Oct 21, 2019 05:46 PM Merolagani



गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले कार्तिक ४ गते रौतहत जिल्लाको चन्द्रनिगापुरमा तेह्रौ शाखा कार्यालय र बारा जिल्लाको सिमरामा एक्सटेन्सन काउण्टर विस्तार गरेको छ।

चन्द्रनिगापुर नगरपालिकाका मेयर राम चन्द्र चौधरी र संस्थाका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठले उक्त शाखा कार्यालयको औपचारिक उद्घाटन गरेका हुन्। सार्थ फाइनान्सको सिमरा, बारामा एक्सटेन्सन काउण्टरको उद्घाटन एवं शुभारम्भ संस्थाका अध्यक्ष श्रीमान श्रेष्ठबाट विधिवत रुपमा गरिएकोसंस्थाको विज्ञप्तीमा उल्लेख छ ।

हरिहर भवन, ललितपुरमा प्रधान कार्यालय रहेको यस संस्थाको यसअघि प्रदेश नम्बर १ मा २ वटा, प्रदेश नम्बर २ मा ४ वटा, प्रदेश नम्बर ३ मा ३ वटा र प्रदेश नम्बर ५ मा २ वटा शाखा कार्यालयहरु रहेको थियो।

फाइनान्सले असोज मसान्तसम्म ३ अर्ब ८२ करोड निक्षेप संकलन तथा ३ अर्ब २१ करोड कर्जा प्रवाह गरी २ करोड १० लाख सञ्चालन मुनाफा गरेको जनाएको छ । यस वित्तीय संस्थाको चुक्ता पूँजी ८० करोड तथा जगेडा कोषमा २४ करोड ८७ लाख रहेको छ ।

फाइनान्सले बैंकिङ्ग सेवामा एटीएम सेवा, एसएसमएस र इ बैंकिङ्ग सेवा इसीसी सेवा,कनेक्ट आईपीएस सेवा, लकर सुविधा, मोवाइल टपअप, विभिन्न विप्रेशन सेवा तथा निक्षेप सदस्यता सेवा र सि आश्वा सेवा लपलब्ध गराउँदै आएको छ ।

साथै व्यक्तिगत खाताको लागि ३ लाखसम्मको निक्षेप बीमा समेत गरिएको प्रेस विज्ञप्तीमा उल्लेख छ । केही समयमै न्यूरोड, काठमाडौं र टंगल, ललितपुरमा थप चौधौं र पन्ध्रौ शाखा कार्यालयहरु विस्तार हुने प्रेस विज्ञप्तीमा उल्लेख छ ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।