समाज लघुवित्तले हकप्रद र आईपीओ निष्काशन गर्ने प्रस्ताव राखेर बोलायो साधारण सभा

Oct 22, 2019 02:03 PM Merolagani



समाज लघुवित्त वित्तीय संस्थाले हकप्रद र साधारण शेयर जारी गर्ने प्रस्ताव गरेर कम्पनीको पहिलो वार्षिक साधारण सभा आह्वान गरेको छ। लघुवित्तले कात्तिक २९ गते जानकी फेमली होटल एण्ड लज मलंगवा, सर्लाहीमा साधारण सभा डाकेको हो।

साधारण सभामा लघुवित्तले हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत अर्थात १ः२ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव लैजाँदैछ। 

हाल एक  करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तले दुई सय प्रतिशत हकप्रद बराबरको दुई करोड २८ लाखको हकप्रद बिक्रीबाट तीन करोड ४२ लाख रुपैयाँ चुक्ता पूँजी कायम गर्न लागेको हो।

संस्थाले साधारण सभामा ४ करोड अधिकृत पूँजीबाट वृद्धि गरी १० करोड पुर्याउने तथा हाल कायम रहेको २ करोड रुपैयाँ जारी पूँजीलाई ६ करोड रुपैयाँबाट पुर्याउन लागेको छ।

यसैगरि साधारण शेयर बजारी गर्ने प्रस्ताव पारित गर्ने उल्लेख गरेपनि लघुवित्तले कति पूँजीको साधारण शेयर जारी गर्ने सम्बन्धमा भने उल्लेख गरेको छैन।

त्यस्तै मलंगवा, सर्लाहीमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तले कार्यक्षेत्र विस्तार गरी प्रादेशिक स्तरीय स्वीकृति लिने र अन्य लघुवित्त वित्तीय संस्थाहरु सँग मर्जर तथा एक्वीजिशन प्रकृयाको लागि साधारण सभाबाट सञ्चालक समितिलाई अख्तिायारी प्रदान गर्ने भएको छ। 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।