समाज लघुवित्तले हकप्रद र आईपीओ निष्काशन गर्ने प्रस्ताव राखेर बोलायो साधारण सभा

Oct 22, 2019 02:03 PM Merolagani



समाज लघुवित्त वित्तीय संस्थाले हकप्रद र साधारण शेयर जारी गर्ने प्रस्ताव गरेर कम्पनीको पहिलो वार्षिक साधारण सभा आह्वान गरेको छ। लघुवित्तले कात्तिक २९ गते जानकी फेमली होटल एण्ड लज मलंगवा, सर्लाहीमा साधारण सभा डाकेको हो।

साधारण सभामा लघुवित्तले हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत अर्थात १ः२ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव लैजाँदैछ। 

हाल एक  करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तले दुई सय प्रतिशत हकप्रद बराबरको दुई करोड २८ लाखको हकप्रद बिक्रीबाट तीन करोड ४२ लाख रुपैयाँ चुक्ता पूँजी कायम गर्न लागेको हो।

संस्थाले साधारण सभामा ४ करोड अधिकृत पूँजीबाट वृद्धि गरी १० करोड पुर्याउने तथा हाल कायम रहेको २ करोड रुपैयाँ जारी पूँजीलाई ६ करोड रुपैयाँबाट पुर्याउन लागेको छ।

यसैगरि साधारण शेयर बजारी गर्ने प्रस्ताव पारित गर्ने उल्लेख गरेपनि लघुवित्तले कति पूँजीको साधारण शेयर जारी गर्ने सम्बन्धमा भने उल्लेख गरेको छैन।

त्यस्तै मलंगवा, सर्लाहीमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तले कार्यक्षेत्र विस्तार गरी प्रादेशिक स्तरीय स्वीकृति लिने र अन्य लघुवित्त वित्तीय संस्थाहरु सँग मर्जर तथा एक्वीजिशन प्रकृयाको लागि साधारण सभाबाट सञ्चालक समितिलाई अख्तिायारी प्रदान गर्ने भएको छ। 




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।