सिद्धार्थ बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

Oct 22, 2019 05:00 PM Merolagani



सिद्धार्थ बैंकको २५ लाख इकाई ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ। बैंकको सात वर्ष अवधिको “१०.२५ एस.बि एल डिबेन्चर २०८३” दोस्रो बजारमा कारोबारको लागि कार्तिक ५ गते नेप्सेमा सूचीकृत भएको हो।

ऋणपत्र सूचीकरण सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतमले र नेपाल स्टक एक्सचेञ्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले हस्ताक्षर गरेका थिए।

आफ्नो पूँजी कोष बलियो बनाउन बैंकले बैकले भदौ ५ गते देखि एनएमबि क्यापिटल लिमिटेड मार्फत् बिक्री गरेको एक हजार रुपैयाँ अंकित दरमा दुई अर्ब ५० करोड रुपैयाँ बराबरको (१०.२५% एस.बि.एल. डिबेन्चर २०८३) का २५ लाख इकाई ऋणपत्र बिक्री गरेको थियो।

उक्त ऋणपत्र धितोपत्र बजारमा सूचीकृत भएसँगै लगानीकर्ताले दोस्रो बजारमा खरीद बिक्री गर्नुका साथै धितो राखेर बैैंक तथा वित्तिय संस्थाबाट ऋण समेत लिन सक्नेछन्।

दीर्घकालीन लगानी स्रोत जुटाउन बिक्री गरिएको उक्त सात वर्ष अवधिको ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत ब्याजदर पाउनेछन्।

सिद्धार्थ बैंकले हाल देशभर १६७ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १८६ एटीएम र १ हजार ५०० भन्दा बढी पिओएस मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

 




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।