मेरो माइक्रोफाइनान्सले डाक्यो साधारण सभा, लाभांश अनुमोदन र मर्जर एजेण्डा मुख्य प्रस्ताव

Oct 23, 2019 09:46 AM Merolagani

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था (MERO) ले लाभांश अनुमोदन र मर्जर एजेण्डा मुख्य प्रस्ताव राखेर कात्तिक २९ गते सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ।

माइक्रोफाइनान्स सञ्चालक समितिको कात्तिक ५ गते सम्पन्न बैठकले कात्तिक २९ गते शुक्रबार होटल वाटर टावर, नुवाकोट बट्टारमा बिहान ११ बजे साधारण सभा बोलाएको हो।

सातौं वार्षिक साधारण सभामा लाभांश अनुमोदन, मर्जर प्राप्ती सहितका ८ वटा प्रस्ताव उपर छलफल गरि पारित गर्ने एजेण्डा निर्धारण गरिएको छ।

सातौं वार्षिक साधारण सभाले सञ्चालक समितिले गत आवको मुनाफाबाट प्रस्ताव गरेको चुक्ता पूँजीको ३० प्रतिशत बराबरको १९ करोड ७३ लाख ४० हजार रुपैयाँ बराबरको बोनस शेयर जारी र बोनसमा लाग्ने कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांश अनुमोदन गर्दैछ ।

यसैगरि मेरो माइक्रोफाइनान्स र अन्य उपुयक्त लघुवित्तीय संस्थालाई गाभ्न वा प्राप्ति गर्न गर्ने सम्बन्धमा निर्णय गर्न सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने विशेष प्रस्ताव उपर छलफल गरि पारित गर्दैछ ।

सभामा सर्वसाधारण लगानीकर्ताको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम समेत रहेको छ।

सञ्चालक समितिको बैठकले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कात्तिक २० गतेदेखि २९ गतेसम्म शेयर दाखिला खारेजी गर्ने (बुकक्लोज) निर्णय गरेको छ । यसअनुसार कार्तिक १९ गते मंगलबारसम्म कायम रहेका शेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनुका साथै साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन्। 

कम्पनीको उक्त प्रस्ताव साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ। कार्तिक ५ गते लघुवित्तको शेयर धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता ५५५ रुपैयाँमा कारोबार भएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।