न्यून आय भएकालाई बीमाको दायरामा ल्याउन बीमा समितिका अध्यक्षको सुझाव

Oct 25, 2019 05:40 PM Merolagani



बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँइले हिमाली जिल्लाको दूर-दराजमा पुगेर न्यून आय भएका जनतालाई पनि बीमाको दायरामा ल्याउन सुझाव दिएका छन्। नेपाल लाइफ इन्स्योरेन्सको डोल्पाको दुनै शाखा कार्यालय विस्तारको कार्यक्रममा  उनले बीमाको महत्वबारे हिमाली क्षेत्रका बासिन्दालाई बुझाउन आवश्यक रहेको बताए।

देशव्यापी रुपमा जीवन बीमा क्षेत्रको बजार विस्तारमा नेपाल लाइफले महत्वपूर्ण योगदान पुर्याएको र डोल्पा जस्ता नेपालका अन्य दुर्गम क्षेत्रमा पनि आफ्नाे सेवा पुर्याइरहेकाेमा उनले नेपाल लाइफलाई धन्यवाद दिए ।

कार्यक्रममा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत विवेक झाले तिब्र गतिले बीमा व्यवसाय विस्तार भइरहेको परिप्रेक्षमा एक तिहाई बजार हिस्सा नेपाल लाइफले ओगट्न सफल भई देशको बीमा व्यवसायलाई बढाउन महत्वपूर्ण योगदान पुर्याउन सफल भएको जानकारी गराए ।

नेपालका दुरदराजसम्म पनि सहज रुपमा बीमा सेवाको पहुँच पु¥याउन सकियोस भनेर डोल्पाको दुनैमा शाखा विस्तार गरिएको प्रमुख कार्यकारी अधिकृत झाले जानकारी दिनु भयो ।

कम्पनीको चुक्तापूँजी ५ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने लगानी ७७ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ७२ अर्ब २४ करोड रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ५७ करोडभन्दा बढीकाे रहेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा जम्मा ७ अर्ब ९० करोड बीमा शुल्क संकलन गरेको छ ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।