ग्लोबल आइएमई बैंक र जनता बैंकले मर्जरको अन्तिम स्वीकृति लिन बोलाए साधारण सभा

Oct 27, 2019 01:13 PM Merolagani

मर्जर प्रकृयामा रहेका ग्लोबल आइएमई बैंक र जनता बैंकले मर्जर प्रकृयालाई अन्तिम रुप दिन मंसिर २ गते एकैदिन वार्षिक साधारण सभा आब्हान गरेका छन्। ग्लोबल आइएमई बैंकले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी र जनता बैंकले आर्मी अफिसर्स क्लब भद्रकालीमा साधारण सभा बोलाएका हुन्।

साधारण सभामा दुबै बैंकल मर्जर सम्बन्धि प्रकृयालाई अन्तिम रुप दिनेगरी विशेष प्रस्ताव लैजाने भएका छन्। बैंकहरुले संयुक्त मर्जर समिति तथा दुबै बैंकको सञ्चालक समितिले पारित गरेअनुसार शेयर आदान-प्रदान अनुपात (१ बराबर ०.८५) पारित गर्ने भएका हुन्।

ग्लोबल आइएमई बैंकले आफ्नो जारी पूँजी १ अर्ब रुपैयाँबाट बढाएर २५ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव समेत सभामा लैजादैँछ ।

मर्जर पश्चात बैंकको जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएकाले सोहिअनुसार बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने भएको छ। साथै मर्जर प्रकृयाको लागि कुनै कार्य गर्नु परेमा सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने भएको छ।

त्यसैगरी जनता बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ६ प्रतिशत बोनस र ६ प्रतिशत नगद गरी १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजादैँछ भने ग्लोबल आइएमई बैंकले १२.७५ प्रतिशत बोनस शेयर र १२.७५ प्रतिशत नगद  गरि २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजादैँछ। 

दुई बैंकलाई मर्जरमा जान नेपाल राष्ट्र बैंकले असोज ८ गते सैद्धान्तिक स्वीकृति प्रदान गरीसकेको छन्। बैंकले सभामा मर्जरपश्चात बन्ने बैंकको नाम ग्लोबल आइएमई बैंक लिमिटेड र केन्द्रीय कार्यालय कमलादी काठमाण्डौमा रहनेगरी स्वीकृति प्रदान गर्ने प्रस्ताव लैजादैँछ।

मर्जर सम्झौता पश्चात दुबै बैंकको असार २२ गतेदेखि शेयर कारोबार रोक्का छ। त्यसैले सो भन्दा अघि कारोबार भई जनता जनता बैंकको कार्तिक १४ गते र ग्लोबल आइएमई बैंकको कार्तिक २० गतेसम्म शेयर नामसारी गरी बैंकको क्यापिटलमा रहेको बैंकको शेयरधनी दर्ता किताबमा कायम लगानीकर्ताले मात्र बैंकको लाभांश र साधारण सभामा भाग लिन पाउनेछन्। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।