वेब सम्मेलन–२०१९ सुरू

Nov 06, 2019 04:08 PM Agency



विश्वका १६३ देशका करिब ७० हजार प्रतिनिधि सहभागी हुने वेब सम्मेलन-२०१९ पोर्चुगलको राजधानी लिसबनमा मङ्गलबारदेखि सुरू भएको छ ।

सम्मेलनलाई उद्घाटन गर्दै पोर्चुगलका अर्थतन्त्रव्यवस्था तथा डिजिटल ट्रान्जिसनमन्त्री पेद्रो सिजा भियराले भन्नुभयो, “यदि आजका दिनबाट १० वर्ष पहिलेलाई नियाल्ने हो भने आगामी दिनमा परिवर्तनको गति यो भन्दा अझै तीब्र हुने हामी विश्वस्त हुनुपर्ने एकमात्र आधार हुनेछ ।”

आगामी बर्षहरूमा पाँचौँ पुस्ताको (फाइभ–जी) प्रबिधिले विश्व मानव जगतमा मुलभूत परिवर्तन ल्याउने कार्यक्रममा प्रमुख वक्ताका रूपमा बोल्दै चीनको प्रसिद्ध प्रबिधि कम्पनी हुवावेका अध्यक्ष कुओ पिङले बताए।

 

कुओले भने, “हुवावेले ‘स्मार्ट डिभाइस इकोसिस्टम’ (वन प्लस ऐट प्लस एन) ल्याउने र यो योजनाले एआईमा आधारित ट्रयाकिङ प्रबिधि (ट्रयाक एआई) ले बालबालिकामा देखिने अन्धोपनका प्रारम्भिक सङ्केतहरूलाई पहिचान गर्ने लक्ष्य रहेको छ ।”

हुवावेको रणनीति मोबाइल यन्त्रलाई क्लाउड (हुवावे मोबाइल प्रणाली) र एआई मोडेल आट्रस प्रणाली गरी दुई वर्गमा विभाजित गरी सेवा प्रदान गरिने उनले बताए।

चार दिन लामो सम्मेलनमा करिब एक हजार २०० वक्ताले समूहगत आधारमा आफ्ना धारणा राख्नेछन् ।

आयरल्याण्डबाट सन् २००९ मा सुरू गरिएको वेब सम्मेलन विश्वकै सवैभन्दा ठूलो प्रबिधि, आविस्कार र उद्यमी कार्यक्रम रहेको मानिन्छ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।