एनएमबि बैंकको डेढ घण्टामा ६ करोडभन्दा बढीको कारोबार

Nov 07, 2019 12:27 PM Merolagani



ओम डेभलपमेन्ट बैंकसंग मर्जर गरेर एकीकृत कारोबार सुरु भएको डेढ महिनापछि खुलेको एनएमबी बैंकको शेयरमा लगानीकर्ताहरु झुम्मिएका छन् ।

यस दिन कारोबारको करिब डेढ घण्टामा बैंकको ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। यो कूल कारोबार रकमको ६० प्रतिशत हो ।

सो अवधिसम्ममा कुल १० करोड बराबरको शेयर खरीद बिक्री भएको छ । ३५१.३२ रुपैयाँ ओपनिङ्ग रेञ्ज पाएको बैंकको शेयरमूल्य भने सो अवधिसम्ममा १०.३२ रुपैयाँ घटेको छ ।

मर्जर प्रक्रियाका कारण लामो समयसम्म शेयर कारोबार गर्न नपाएका ओम डेभलपमेन्ट बैंकका लगानीकर्ताहरु नाफा बुक गर्न शेयर बिक्री गर्न थालेपछि एनएमबिको शेयर कारोबार बढेको एक ब्रोकरले बताए।

लामो समयसम्म कारोबार नभएका कारण लगानीकर्ताहरु बैंकको शेयर खरीद गर्नतर्फ लागेका छन्। मार्केट डेप्थ अनुसार बैंकको शेयरमा खरिदकर्ताको चाप बढी रहेपनि मूल्य घटाएर खरीद गर्ने सक्रिय रहेका छन्।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।