एनएमबि बैंकको डेढ घण्टामा ६ करोडभन्दा बढीको कारोबार

Nov 07, 2019 12:27 PM Merolagani



ओम डेभलपमेन्ट बैंकसंग मर्जर गरेर एकीकृत कारोबार सुरु भएको डेढ महिनापछि खुलेको एनएमबी बैंकको शेयरमा लगानीकर्ताहरु झुम्मिएका छन् ।

यस दिन कारोबारको करिब डेढ घण्टामा बैंकको ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। यो कूल कारोबार रकमको ६० प्रतिशत हो ।

सो अवधिसम्ममा कुल १० करोड बराबरको शेयर खरीद बिक्री भएको छ । ३५१.३२ रुपैयाँ ओपनिङ्ग रेञ्ज पाएको बैंकको शेयरमूल्य भने सो अवधिसम्ममा १०.३२ रुपैयाँ घटेको छ ।

मर्जर प्रक्रियाका कारण लामो समयसम्म शेयर कारोबार गर्न नपाएका ओम डेभलपमेन्ट बैंकका लगानीकर्ताहरु नाफा बुक गर्न शेयर बिक्री गर्न थालेपछि एनएमबिको शेयर कारोबार बढेको एक ब्रोकरले बताए।

लामो समयसम्म कारोबार नभएका कारण लगानीकर्ताहरु बैंकको शेयर खरीद गर्नतर्फ लागेका छन्। मार्केट डेप्थ अनुसार बैंकको शेयरमा खरिदकर्ताको चाप बढी रहेपनि मूल्य घटाएर खरीद गर्ने सक्रिय रहेका छन्।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।