भारत सुपुर्दगी गरे आत्महत्या गर्ने पीएनबी घोटालाका आरोपी मोदीको चेतावनी

Nov 08, 2019 11:45 AM Agency



भारतीय हिरा व्यापारी तथा पञ्जाव नेशनल बैंक (पीएनबी) घोटालाका आरोपी नीरव मोदीले आफूलाई भारत सुपुर्दगी गरिए आत्महत्या गर्ने बताएका छन्। लण्डनको मजिस्ट्रेट कोर्टमा पेश हुने क्रममा उनले त्यस्तो चेतावनी दिएका हुन्। 

उनीमाथि भारतको सरकारी बैंक पंजाब नेशनल बैंकको २ अर्ब डलर हेरफेर गरेको आरोप छ । उनी अहिले बेलायतको जेलमा छन्।

उनले आफूमाथि जेलमा ३ पटकसम्म आक्रमण भएको बताएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। मोदीले चौंथो पटक दिएको जमानत अनुरोधबारे फैसला गर्न वेष्टमिनिष्टर म्याजिष्ट्रेट्स अदालतका प्रमुख न्यायाधीश एम्मा आर्बुथनोट समक्ष पेश गरिएको थियो। 

मोदीको आवेदन पाँचौँ पटक खारेज भएको हो। मोदीको जमानत अनुरोध बेलायतको सर्वाेच्च अदालतबाट समेत खारेज भइसकेको छ। उनी ७ महिनादेखि बेलायतको जेलमा रहेका छन्।

भारतको आग्रहमा सुपुर्दर्गीको वारेन्ट जारी भएपछि लण्डन पुलिसले उनलाई १९ मार्चमा पक्राउ गरेको थियो।

भारतमा आफूमाथि निष्पक्ष सुनुवाई नहुने दाबी गर्दै मोदीले आफूलाई भारत सुपुर्दगी गरिएमा आत्महत्या गर्ने धम्की दिएका हुन्। तर जेलबाहिर भए मोदी फरार हुने वा प्रमाण तथा प्रत्यक्षदर्शीहरुलाई प्रभावित बनाउन सक्ने भन्दै प्रमुख न्यायाधीश एम्माले उनको जमानत अस्वीकार गरेकी छिन्।

अब डिसेम्बर ४ मा भिडियोलिंक मार्फत मोदीलाई अदालतमा प्रस्तुत गरिनेछ। सन् २०२० को मे ११ देखि १५ मा मोदीलाई भारत सुपुर्दगी गर्ने नगर्ने बारेमा बहस सुरु हुँदैछ। त्यसअघि उनलाई हिरासतमा नै राखिनेछ।

-एजेन्सी




वाणिज्य बैंकहरूको वित्तीय विश्लेषणः नबिल नाफामा अगाडि, एभरेस्टको लाभांश क्षमता उच्च

Aug 16, 2026 07:24 AM

नेपालमा सञ्चालनमा रहेको २० वटै वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८२८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन्। विवरण अनुसार वाणिज्य बैंकहरूको समग्र स्थितिमा निकै उतारचढाव देखिएको छ।