सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ बीमा योजना सार्वजनिक, डबल सुरक्षा प्रदान गर्ने

Nov 08, 2019 05:58 PM Merolagani



सिटिजन लाइफ इन्स्योरेन्स (CLICL) ले 'सिटिजन शुभारम्भ जीवन बीमा योजना' नामक नयाँ योजना सार्वजनिक गरेको छ। इन्स्योरेन्सले बीमितलाई डबल सुरक्षा प्रदान गर्ने गरी योजना ल्याएको हो।

न्यूनतम १० हजार रूपैयाँको बीमांक रकमको बीमा गर्न सकिने गरि ल्याएको यस योजनाले बीमा अवधीभर जोखिम बहन गर्ने गरी बीमितहरुलाई डबल सुरक्षा प्रदान गर्दछ ।

यस योजना मार्फत बीमितले साधारण बीमांकको डबल रकम र दुर्घटना मृत्युमा बीमांक रकमको तीन गुणा रकम प्राप्त गर्नेछन्।

यस्तै स्थायी पूर्ण अशक्तता लाभ, बीमाशुल्क छुट लाभ, मासिक आय लाभ, काजक्रिया खर्च सुविधा तथा ५० लाख रुपैयाँ सम्मको घातक रोग उपचार खर्च जस्ता सुविधाहरु प्राप्त गर्न सकिनेछ।

इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले गरीबीको रेखामुनी रहेका ठूलो जनसंख्यालाई समेट्न यास्तो योजना ल्याएको बताए। योजनाको औपचारिक सुरुवात गरेको पहिलो दिन कार्तिक २२ गते नै २ हजार भन्दा बढी बीमालेख बिक्री भैसकेको बताए।

इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६० प्रतिशतले व्यवसाय वृद्धि गर्दै २०० प्रतिशत सम्म नाफा बढाएको प्रमुख कार्यकारी अधिकृत पौडेलले जानकारी दिए।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।