सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ बीमा योजना सार्वजनिक, डबल सुरक्षा प्रदान गर्ने

Nov 08, 2019 05:58 PM Merolagani



सिटिजन लाइफ इन्स्योरेन्स (CLICL) ले 'सिटिजन शुभारम्भ जीवन बीमा योजना' नामक नयाँ योजना सार्वजनिक गरेको छ। इन्स्योरेन्सले बीमितलाई डबल सुरक्षा प्रदान गर्ने गरी योजना ल्याएको हो।

न्यूनतम १० हजार रूपैयाँको बीमांक रकमको बीमा गर्न सकिने गरि ल्याएको यस योजनाले बीमा अवधीभर जोखिम बहन गर्ने गरी बीमितहरुलाई डबल सुरक्षा प्रदान गर्दछ ।

यस योजना मार्फत बीमितले साधारण बीमांकको डबल रकम र दुर्घटना मृत्युमा बीमांक रकमको तीन गुणा रकम प्राप्त गर्नेछन्।

यस्तै स्थायी पूर्ण अशक्तता लाभ, बीमाशुल्क छुट लाभ, मासिक आय लाभ, काजक्रिया खर्च सुविधा तथा ५० लाख रुपैयाँ सम्मको घातक रोग उपचार खर्च जस्ता सुविधाहरु प्राप्त गर्न सकिनेछ।

इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले गरीबीको रेखामुनी रहेका ठूलो जनसंख्यालाई समेट्न यास्तो योजना ल्याएको बताए। योजनाको औपचारिक सुरुवात गरेको पहिलो दिन कार्तिक २२ गते नै २ हजार भन्दा बढी बीमालेख बिक्री भैसकेको बताए।

इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६० प्रतिशतले व्यवसाय वृद्धि गर्दै २०० प्रतिशत सम्म नाफा बढाएको प्रमुख कार्यकारी अधिकृत पौडेलले जानकारी दिए।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।