प्रभु बैंकले खुद नाफा पाँच प्रतिशतले बढाउँदा अन्य सूचाङ्कमा कस्तो गर्यो प्रगति ?

Nov 11, 2019 09:31 AM Merolagani

प्रभु बैंक चालू आर्थिक वर्षको प्रथम त्रैमासमा आफ्नो खुद नाफा, प्रतिशेयर आम्दानी, शेयरधनी कोष, जगेडा कोषलाई बढाउँदै कोषको लागत र आधार ब्याजदर घटाउन सफल भएको छ।

यद्यपी बैंकको खराब कर्जा अनुपात बढेपछि राष्ट्र बैंकको नियामकीय व्यवस्थामा अनुसार रेगुलेटरी रिर्जब कोषमा ठूलो रकम खर्चनुपर्दा बैंकको वितरणयोग्य मुनाफा भने यस त्रैमासमा ह्वात्तै घटेर ५ करोड ५७ लाख ६३ हजारमा खुम्चिएको छ

राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने वितरण योग्य नाफा (फ्रि प्रोफिट) रकम बैंकले केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपश्चात शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न मिल्छ।

किष्ट, ग्राण्ड, नेपाल विकास बैंक जस्ता खराब कम्पनीलाई आफुमा मिसाएर पनि उदाहरणीय प्रगति गर्न सफल यस बैंकको निष्कृय कर्जा अनुपात बढ्दा जोखिम व्यवस्थापनमा वापत रेगुलेटरी रिर्जब कोषमा ४४ कारेड ७ लाख खर्चनुपरेको देखिन्छ।

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन र कर्जा प्रवाहमा पनि सामान्य वृद्धि मात्र देखिएको छ । आफ्नो खुद ब्याज आम्दानी रकम २४ प्रतिशतले बढाएको यस बैंकले ठूलो शाखा सञ्जालमा हुने सञ्चालन खर्च र कर्मचारी खर्चका कारण उसको मुनाफा वृद्धि भने पाँच प्रतिशत मात्र हासिल भएको देखिन्छ।

सोमबार सार्वजनिक भएको नेपाल फाइनान्सीयल रिपोर्टिङ्ग स्ट्याण्डर्ड (एनएफआरएस) अनुरुपको वित्तीय विवरणमा बैंकको असोज मसान्तसम्मको मुनाफा ६२ करोड ८४ लाख ६६ हजार रुपैयाँ रहेको छ। गत आवको यसै अवधिमा बैंकले ५९ करोड ८४ लाख ३८ हजार मुनाफा कमाएको थियो।

आठ अर्ब ८९ करोड २६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको प्रतिशेयर आम्दानी एक रुपैयाँ ३५ पैसा बढेर २८ रुपैयाँ २७ पैसा कायम भएको छ भने मूल्य आम्दानी अनुपात ९.३७ गुणामा झरेको छ। बैंकको शेयर आम्दानी बढ्नु र मूल्य आम्दानी अनुपात तल रहनु सकारात्मक पक्ष हो ।

बैंकको जगेडा कोष ३ अर्ब ९० करोड ७० लाखबाट ४ अर्ब ३९ करोड २१ लाख रुपैयाँ सञ्चित हुन पुगेको छ । समीक्षा अवधिमा बैंकको जगेडा कोष १२.४१ प्रतिशतले सुधार भएको छ

पूँजी कोष अनुपात ११.०३ खुम्चिएको अबस्था रहेकाले उसले यसमा सुधार नगरी अब कारोबार विस्तार गर्न सम्भव नहुने देखिएको छ । जसका लागि बैंकले कार्तिक २१ गतेदेखि एक अर्बको ऋणपत्र निष्काशन समेत गरिरहेको छ।

यस अवधिमा बैंकको खराब कर्जा अनुपात २.५१ बाट बढेर ३.३२ प्रतिशत र कर्जा निक्षेप अनुपात ७७.८१ प्रतिशतमा पुगेको छ।  बैंकको आधार ब्याजदर पनि गत वर्ष यसै अवधिमा ९.४९ रहेकोमा ९.२४ प्रतिशतमा झरेको छ भने कोषको लागत ६.१८ बाट ६.१५ प्रतिशतमा सुधारिएको छ।

  • निक्षेप संकलन र कर्जा लगानी खर्ब आसपासमा

एनएफआरएस वित्तीय विवरण अनुसार प्रभुले प्रथम त्रैमाससम्ममा एक खर्ब ६ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ९१ अर्ब ६८ करोड ५३ लाख रुपैयाँ बराबरको कर्जा लगानी गरेको छ ।

गत आवको प्रथम त्रैमासको तुलनामा बैंकको निक्षेप संकलन ९८ करोड र कर्जा लगानी ५ अर्ब ८६ करोड ४१ लाख रुपैयाँले बढाएको छ। लगानीयोग्य रकम अभावले बैंकहरुबीच निक्षेप खोसाखोसको अवस्थामा बैंकको निक्षेप करिब एक प्रतिशत मात्र बढेको छ भने कर्जा लगानी ६.८३ प्रतिशतले विस्तार भएको छ।

  • एक अर्ब ४० करोड खुद ब्याज आम्दानी

यस अवधिमा बैंकले तीन अर्ब १३ करोड ८९ लाख ब्याज आम्दानी गरेर १ अर्ब ७३ करोड २१ लाख ब्याज खर्च गरेको छ। जसबाट उसले १ अर्ब ४० करोड ६८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको हो।

गत आवको यसै अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी २४.१० प्रतिशतले बढेको हो। गत वर्षको असोज मसान्तसम्म बैंकले १ अर्ब १३ करोड ३६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।