सबैको लघुवित्तको साधारण सभा आह्वान, यस्ता छन् मुख्य एजेण्डा

Nov 11, 2019 10:40 AM Merolagani



सबैको लघुवित्त वित्तीय संस्था (SABSL) ले मंसिर २१ गते शनिबार कम्पनीको तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। लघुवित्तले दिनको ११ बजे बन्दीपुरको मस्र्याङ्दी भ्यु रिसोर्टमा सभा आह्वान गरेको हो।

लघुवित्तले साधारण सभामा पाँच सामान्य, पाँच विशेष र एक अन्य गरि ११ प्रस्तावअपर छलफल गरि पारित गर्ने एजेण्डा बनाएको छ। जसमा लाभांश अनुमोदन, सञ्चालक समितिलाई मर्जरको अख्तियारी दिने र हकप्रद प्रस्ताव मुख्य रहेका छन्।

लघुवित्तको सभाले सञ्चालक समितिले आव २०७५/७६ सम्मको मुनाफाबाट प्रस्ताव गरेको १३ प्रतिशत बोनस शेयर र ०.६८ प्रतिशत नगद लाभांश गरि कूल १३.६८ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। बोनसपछि कम्पनीको चुक्ता पूँजी १८ करोड ६४ लाख ५० हजार रुपैयाँ पुग्नेछ।

यसैगरि लघुवित्तले बोनस पश्चात कायम चुक्ता पूँजीको एक बराबर एकको अनुपातमा १८ लाख ६४ हजार ५०० कित्ता हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

यसैगरी मर्जर र प्राप्तिको लागि संचालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण समुह तर्फबाट २ जना संचालक नियुक्त गर्ने र स्वतन्त्र सञ्चालकमा नियुक्त भएका भवनाथ घिमिरेको अननियुक्ती अनुमोदन गर्ने लगायतका प्रस्ताव साधारण सभाबाट पारित गर्ने एजेण्डा छ ।

साधारण सभा र लाभांश प्रयोजका लागि कम्पनीले मंसिर ५ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेकोले ४ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन्। कार्तिक २४ गते आइतबार दोस्रो बजारमा लघुवित्तको शेयर प्रतिकित्ता ४५५ रुपैयाँमा शेयर कारोबार भएको छ ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।