मन्त्रीपरिषद परिवर्तनकाे सरगर्मी, तत्काल अर्थमन्त्री परिवर्तन नहुने संकेत

Nov 12, 2019 05:50 PM merolagani

प्रधानमन्त्री केपी शर्मा ओलीले आफनै सचिवालयका सबै सदस्यको राजीनामा मागेको घटनापछि मन्त्री परिषदका सदस्यहरू पनि परिवर्तन हुने चर्चा चलिरहेको छ ।

मन्त्रीपरिषद परिवर्तन उप निर्वाचन अघि या पछि कहिले गर्ने भन्ने किटान नभइसकेपनि प्रधानमन्त्री स्वंय भने उप निर्वाचन अघि नै मन्त्री परिषदमा हेरफेर गरी उप निर्वाचनमा राम्राे सन्देश दिने मुडमा रहेको बुझिएको छ । मन्त्री परिवर्तनको बिषयमा सचिवालयमा प्रवेश पाएपनि सचिवालयका सदस्यहरू यस बिषयमा खुल्न चाहेनन् ।

चर्चा अर्थमन्त्रीको

प्रधानमन्त्री केपी ओली अर्थमन्त्री युवराज खतिवडासँग व्यक्तिगत रूपमा असन्तुष्ट देखिएका छैनन् । अर्थमन्त्रीका बिषयमा पार्टी पंक्ति, उद्योगी व्यवसायी र शेयर बजारका लगानीकर्ताहरूवाट तीव्र असन्तुष्टि आएपनि प्रधानमन्त्रीको अर्थमन्त्रीमाथिको बिश्वासमा कमी भने आएको छैन । ओली निकटकाहरू अझै भन्ने गर्छन्, सबैमन्त्री परिवर्तन हुँदा पनि अर्थमन्त्री र सन्चारमन्त्री परिवर्तन हुने छैनन् ।

तर, अर्थमन्त्रीको पदका लागि  राष्ट्रिय सभाको कार्यकाल तगारो बनेर आएको छ ।  दुइ बर्षे कायर्काल सकिएपनि अागामी बजेट ल्याउँदासम्म अर्थमन्त्री खतिवडा नै पदमा रहन मिल्ने भएकाेले उनका बिषयमा खासै चर्चा परिचर्चा सचिवालयमा नहुने गरेकाे बताइन्छ । त्यसपछिकाे अवस्थाकाे बारेमा के हुने अहिले अनुमान गर्न गाह्राे हुन्छ ।

पार्टीभित्रबाट सहमति गरेर उनलाई पुन अर्को कार्यकालका लागि राष्ट्रिय सभा पठाउन प्रधानमनत्री ओलीलाइ निकै चुनौति छ । गैर राजनितिक मान्छेलाइ राजनीति लाभकाे पद दिँदा पार्टीभित्र इर्ष्या हुनु सामान्य बिषय हाे । मन्त्री परिषद परिवर्तनकाे चर्चासँगै खतिवडालाइ राजदूत बन्न  शक्तिशाली देशबाट अफर आउन  थालेकाे पनि चर्चा छ। तर, तत्काल उनकाे बर्हिगमन हुनेमा नेकपाकै नेताहरू विश्वस्त छैनन् ।

पौडेल र पाण्डेकाे चर्चा
अर्थमन्त्री हटेपछि स्वभाविक रूपमा नेकपाभित्र बिष्णु पौडेल र सुरेन्द्र पाण्डेको चर्चा हुने गर्छ । अघिल्लो पटक ओली प्रधानमन्त्री भएको बेला अर्थमन्त्री रहेका पौडेल आफ्नै गुटका कारण पहिलो प्राथमिकतामा परेको श्रोत बताउँछ । पौडेल बालुवाटार जग्गा काण्डमा बिवादित देखिएपनि निर्णय गर्दा दायाँ बायाँ नसोच्ने प्रधानमन्त्री ओलीले बालुवाटार काण्डमा पौडेलको दोष नदेखेको अवस्था रहे, उनी नै अर्थमन्त्री बन्ने नेकपाका एक केन्द्रिय सदस्यले बताए । तर, पाैडेलले सचिवालयमा अर्थमन्त्री बन्ने चाहना नराखेकाे बताइन्छ । तर, सबै मन्त्रीहरूलाई राजीनामा गराएर सबै नयाँ मन्त्री राख्न प्रधानमन्त्रीलाई सल्लाह पाैडेलले नै  दिने गरेका छन् ।

सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री नबनाएपनि राम्रै मन्त्रालय दिएर मन्त्रीपरिषदमा ल्याउने सोचमा प्रधानमन्त्री रहेको बताइन्छ । कुनै समय निकै कटु रहेको ओली पाण्डे सम्वन्ध पछिल्लो दिनमा सुधार भएको छ । बिगतमा मन्त्री हुँदा पाण्डेको कार्य सम्पादनबाट प्रधानमन्त्री सन्तुष्ट रहेको छन् ।

बर्तमान मन्त्रीपरिषका रक्षा मन्त्री पोखरेल, गृहमन्त्री थापा, परराष्ट्रमन्त्री ज्ञवाली, शिक्षामन्त्री पोखरेल, उर्जामन्त्री पुन र पर्यटनमन्त्री भट्टराईबाहेक अन्य मन्त्रीको अवस्था के हुन्छ यसै भन्ने अवस्था नरहेको ती केन्द्रिय सदस्यले बताए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।