भद्रपुर विमानस्थल आजदेखि १० दिनका लागि बन्द

Nov 12, 2019 05:32 PM RSS

झापाको भद्रपुर विमानस्थल आजदेखि १० दिनका लागि पूर्णरुपमा बन्द भएको छ। चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नति कार्य पुनः सञ्चालन गर्न लागेको भन्दै आजदेखि आगामी मङ्सिर ५ गतेसम्मका लागि पूर्णरुपमा बन्द गरेको हो।

एक हजार ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग जीर्ण बन्दै गएकाले गत भदौ २० गतेदेखि असोज ४ गतेसम्म दिउँसो २ः०० बजेदेखि विमान बन्द गरेर मर्मतसम्भार गरे पनि प्रभावकारी नभएका कारण पुनः पूर्ण बन्द गरेर मर्मतकार्य शुरु गरेको उड्डयन कार्यालयका प्रमुख पूर्ण चुँडालले जानकारी दिए। 

गौरी–पार्वती–देव एण्ड सायर जेभी काठमाडौँले धावनमार्ग मर्मतसम्भारसँगै स्तरोन्नतिका लागि रु १० करोड २३ लाखमा ठेक्का लिएको उहाँको भनाइ छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणसँग लिखितरूपमा अनुमति लिएर विमानस्थल बन्द गराएको उहाँले जानकारी दिए। भद्रपुर–काठमाडौँ हवाईसेवाका लागि यहाँबाट अहिले बुद्ध, यति, नेपाल एयरलाइन्स, सौर्य, श्री एयरलाइन्स गरी १० विमान कम्पनीले नियमित उडान भर्दै आएका छन् ।


comments powered by Disqus

मौद्रिक नीति:व्यावसायिक क्षेत्रमा उर्जा थप्ने अर्थमन्त्रीलाई अन्तिम अवसर

Jul 08, 2020 12:08 PM
  • राधाकृष्ण गिरी

कोभिड-19 को विश्वब्यापी महामारी निरन्तर छ। धेरै देशको अर्थतन्त्र लयमा फर्कने प्रयास गरिरहेका छन । नेपालमा पनि लकडाउन केही खुकुलो पारे सङ्गै अर्थतन्त्र केही चलाएमान बन्दै गएको छ। मानिसहरु नियमित आफ्नो काममा फर्किन थालेका छन्।