नेपाल इन्फ्रास्ट्रचर बैंकको नाफा साढे १८ करोड

Nov 13, 2019 03:23 PM Merolagani



नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आवको पहिलो त्रैमाससम्ममा १८ करोड ५८ लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको वितरण योग्य मुनाफा सो अवधिसम्ममा १८ करोड ५७ लाख ७६ हजार रुपैयाँ रहेको छ।

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त यस पूर्वाधार विकास बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ। बैंकको जगेडा कोष ९७ करोड ४८ लाख ४० हजार रुपैयाँ रहेको छ।

बैंकले सो अवधिसम्ममा २५ करोड निक्षेप सङ्कलन गरी ८ करोड ४४ लाख कर्जा परिचालन गरेको छ। बैंकले कार्तिकमा तीन अर्ब रुपैयाँ ऋण स्वीकृत गरेकोमा किस्ताबन्दीअनुसार सो रकम बराबरको प्रवाह गरेको हो। 

यसबापत बैंकले ३१ करोड २४ लाख ५९ हजार खुद ब्याज आम्दानी गरेको छ। बैंकको सञ्चालन मुनाफा २६ करोड ४० लाख ९० हजार रहेको छ। यस्तै बैंकले १२ करोड ५९ लाख विभिन्न धितोपत्रहरुमा लगानी गरेको छ। 

पूर्वाधार क्षेत्रमा लगानी जुटाउने मुख्य उद्देश्यका सार्वजनिक तथा निजी साझेदारीमा स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अर्थमन्त्री डा. युवराज खतिवडाले २०७५ फागुन २२ गते औपचारिक उद्घाटन गरेका थिए।

हाल १२ अर्ब रहेको बैंकले ८ अर्बको सार्वजनिक निष्काशन मार्फत चुक्ता पुँजी २० अर्ब पुर्याउनेछ। बैंकमा सरकारको १०, बीमा कम्पनीहरुको १८.९७, वाणिज्य बैंकहरुको २०.८९, निजी तथा सार्वजनिक कम्पनीहरुको ५.१५, व्यक्तिगत ४.९९ तथा सर्वसाधारणको ४० प्रतिशत स्वामित्व रहने छ। बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा अनिल ज्ञवाली छन्।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।