चर्को र अस्थिर ब्याजदरका कारण उद्योगी व्यवसायी धरासायी हुने अवस्थामा

Nov 13, 2019 05:20 PM Merolagani



उद्योगीहरुले बैंकहरुले लिने चर्को र अस्थिर ब्याजदरका कारण उद्योगी तथा व्यवसायी धरासायी हुने अवस्थामा पुगेको बताएका छन्। रुपन्देहीको सैनामैनामा रहेका उद्योगी तथा व्यवसायीले उत्पादनशील क्षेत्रमा बैंकले लगानी गर्न नसकेको बताएका हुन्।

सैनामैनामा उद्योग वाणिज्य सङ्घको पाँचौँ साधारण सभामा उनीहरुले बैंकको चर्को र अस्थिर ब्याजदरका कारण उद्योगी तथा व्यवसायी धरासायी हुने अवस्थामा पुगेको बताए।

सो अवसरमा प्रदेश नं ५ को उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले सैनामैनामा रहेको अव्यवस्थित बसोबासले केही समस्या भएको उल्लेख गर्दै एकीकृत जग्गा प्रणालीमा गएर आधुनिक बस्ती बसाल्न आग्रह गरे।

उनले सैनामैना बुद्धकालीन सभ्यतासँग जोडिएको नगर भएकाले तिब्बतसँग जोडिएको प्रमुख नाकाका रूपमा उद्योगी, व्यवसायीको उत्पादनलाई प्रतिस्पर्धी बनाउन आवश्यक भएको बताए।

सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले सहकारीसँग भएको पूँजीलाई उद्योगधन्दामा परिचालन गर्न आवश्यक भएकामा जोड दिँदै यस क्षेत्रको विकासका लागि लगानी गर्न आग्रह गरे।

सैनामैना उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजबहादुर क्षेत्रीले औद्यगिक क्षेत्र बनाउन नगरपालिकासँग समन्वय गर्दै सैनामैनालाई उद्योग, वाणिज्य र कृषि केन्द्रको रूपमा स्थापित गरिने बताए।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।