जनता बैंकद्धारा संचालित 'जनता अवकाश कोष'ले संचयकर्तालाई मुनाफा वितरण गर्ने

Nov 14, 2019 10:34 AM Merolagani

जनता बैंकद्धारा संचालित 'जनता अवकाश कोष'ले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट कोषमा सहभागि संचयकर्ताहरुलाई मुनाफा वितरण गर्ने भएको छ । २०७६ आषाढ मसान्तसम्ममा कायम रहेको संचित रकमको १ प्रतिशतका दरले मुनाफा वितरण गर्ने निर्णय गरेको हो ।

कोषले सहभागी संचयकर्ता/बचतकर्ताहरुको संचित मौज्दात रकममा बार्षिक ८.५० प्रतिशतका दरले व्याज प्रदान गर्दै आएको छ । साथै सहभागिले संचित रकमको ९० प्रतिशतसम्म सापटी लिनसक्ने व्यवस्था गरेको छ । कोषले सहभागी संचयकर्ता/बचतकर्ताहरुलाई सुत्केरी स्यहार खर्च १० हजार र काजक्रिया खर्च वापत १० हजार रुपैयाँको व्यवस्था पनि रहेको छ ।

२०७६ कार्तिक २१ गते बसेको कोष संचालक समितिको बैठकले कोषको आर्थिक बर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान हिसाव, नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु तथा अन्य सम्पूर्ण वित्तीय विवरणहरु स्वीकृत गरेको छ ।

आयकर ऐन, २०५८ को दफा ६३ को उपदफा (१) र आयकार नियमावली २०५९, को नियम २० को उपनियम (२) बमोजिम आन्तरिक राजश्व विभागबाट स्वीकृत प्राप्त अवकाश कोषका रुपमा स्वीकृती प्राप्तगरी संचालनमा रहेको कोषले बैंक, वित्तीय संस्था, अन्य संगठित संघ, संस्था, प्रतिष्ठान, बिद्यालय, उद्योग, व्यवसाय र करयोग्य आय भएका परामर्शदाता, चिकित्सक, इन्जिनियर, कानून व्यवसायीहरुलाई अवकाश कोष सम्बन्धि सेवा प्रदान गरिरहेको छ । जनता अवकाश कोषका सहभागीहरुले जनता बैंकले नेपालभर रहेका सम्पूर्ण शाखाहरु मार्फत सेवा प्राप्त गर्न सक्नेछन् ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।