Sun, Jul 26, 2026
गणपति माइक्रोफाइनान्स (GMFBS) ले लाभांश अनुमोदन र हकप्रद निष्काशन गर्ने प्रस्ताव राखेर तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ। माइक्रोफाइनान्सले पुस ४ गते शुक्लागण्डकी नगरपालिका स्थित जंगल पार्क रिसोर्ट तनहुँमा साधारण सभा बोलाएको हो।
सभामा आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ७ प्रतिशतले हुन आउने ७२ लाख ४५ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशतले हुन आउने ३ लाख ८१ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजादैँछ। माइक्रोफाइनान्सको कार्तिक २९ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई बोनस पश्चात कायम हुने पूँजीको ५० प्रतिशत अर्थात २ बराबर १ शेयरको अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव लैजाने निर्णय गरेको छ। हाल १० करोड ३५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको माइक्रोफाइनान्सको वोनस वितरणपछि चुक्ता पूँजी ११ करोड ७ लाख रुपैयाँ पुग्नेछ। सोहि पूँजीबाट ५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो। लाभांश वितरण तथा साधारणसभा प्रयोजनको लागि माइक्रोफाइनान्सले मंसिर १८ गतेदेखि बुकक्लोज गर्ने भएकाले मंसिर १७ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश र साधारण सभामा प्रतिनिधित्व जनाउन पाउनेछन्।
सभामा आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ७ प्रतिशतले हुन आउने ७२ लाख ४५ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशतले हुन आउने ३ लाख ८१ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजादैँछ।
माइक्रोफाइनान्सको कार्तिक २९ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई बोनस पश्चात कायम हुने पूँजीको ५० प्रतिशत अर्थात २ बराबर १ शेयरको अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव लैजाने निर्णय गरेको छ।
हाल १० करोड ३५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको माइक्रोफाइनान्सको वोनस वितरणपछि चुक्ता पूँजी ११ करोड ७ लाख रुपैयाँ पुग्नेछ। सोहि पूँजीबाट ५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो।
लाभांश वितरण तथा साधारणसभा प्रयोजनको लागि माइक्रोफाइनान्सले मंसिर १८ गतेदेखि बुकक्लोज गर्ने भएकाले मंसिर १७ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश र साधारण सभामा प्रतिनिधित्व जनाउन पाउनेछन्।
सुवास निरौला
आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।