गणपति माइक्रोफाइनान्सको साधारण सभा आह्वान, हकप्रदबाट पूँजी बढाउने

Nov 15, 2019 02:25 PM Merolagani



गणपति माइक्रोफाइनान्स (GMFBS) ले लाभांश अनुमोदन र हकप्रद निष्काशन गर्ने प्रस्ताव राखेर तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ। माइक्रोफाइनान्सले पुस ४ गते शुक्लागण्डकी नगरपालिका स्थित जंगल पार्क रिसोर्ट तनहुँमा साधारण सभा बोलाएको हो। 

सभामा आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ७ प्रतिशतले हुन आउने ७२ लाख ४५ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशतले हुन आउने ३ लाख ८१ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजादैँछ।

माइक्रोफाइनान्सको कार्तिक २९ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई बोनस पश्चात कायम हुने पूँजीको ५० प्रतिशत अर्थात २ बराबर १ शेयरको अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव लैजाने निर्णय गरेको छ। 

हाल १० करोड ३५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको माइक्रोफाइनान्सको वोनस वितरणपछि चुक्ता पूँजी ११ करोड ७ लाख रुपैयाँ पुग्नेछ। सोहि पूँजीबाट ५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो।

लाभांश वितरण तथा साधारणसभा प्रयोजनको लागि माइक्रोफाइनान्सले मंसिर १८ गतेदेखि बुकक्लोज गर्ने भएकाले मंसिर १७ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश र साधारण सभामा प्रतिनिधित्व जनाउन पाउनेछन्।

 




लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत भट्ट ललितपुरको सानेपाबाट पक्राउ

Oct 18, 2026 05:25 AM

लगानी बोर्ड नेपालका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्। ललितपुरको सानेपा क्षेत्रबाट काठमाडौँ परिसर भद्रकालीको प्रहरी टोलीले भट्टलाई नियन्त्रणमा लिएको हो।