महालक्ष्मी विकास बैंकको लाभांश पारित

Nov 15, 2019 05:22 PM Merolagani



महालक्ष्मी विकास बैंक (MLBL) को १८ औँ वार्षिक साधारण सभाले प्रस्तावित लाभांश पारित गरेको छ। बैंकको कार्तिक २९ गते शुक्रबार सम्पन्न साधारणसभाले संचालक समितिले प्रस्ताव गरे अनुसार आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट ९.८९ प्रतिशत नगद र ८ प्रतिशत बोनस गरी १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

बैंकले शेयधनीलाई २२ करोड ७५ लाख रुपैयाँ बराबरको बोनस शेयर र २८ करोड १४ लाख रुपैयाँ बराबरको नगद लाभांश (कर सहित) वितरण गर्नेछ । हाल २ अर्ब ८४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनसपश्चात पूँजी ३ अर्ब ७ करोड रुपैयाँ पुग्नेछ ।

यस्तै साधारण सभाबाट बैंकको शेयर संरचना परिवर्तन गरी संस्थापक समुहको ५२.४९ प्रतिशत र सर्वसाधारण समुहको ४७.५१ प्रतिशत कायम गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

बैंकले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थामा गाभ्न/गाभिन प्रयोजनका लागि उपयुक्त बैंक पहिचान गर्ने, सहमतिपत्रमा हस्ताक्षर गर्ने लगायतको सम्पूर्ण काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या करिब ५ लाख भन्दा बढी रहेको छ ।

नेपाल चार्टड अकाउन्टेन्ट्स संस्था (आईक्यान) द्वारा प्रदान गरिएको विकास बैैंकतर्फको उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड  (Best Presented Annual Report (BPA) Award) –२०१८ र साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड (SAFA Best Presented Annual Report Award) –२०१८ प्राप्त गर्न सफल बैंकले हालसम्म करिब ३४ अर्ब २८ करोड निक्षेप संकलन गरी २८ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले जनाएको छ।




के सरकारले शेयर कारोबारमा ट्रान्जेक्सन ट्याक्स लगाउन लागेको हो ?

Jun 28, 2026 05:08 PM

सुवास निरौला 

पछिल्लो समय सामाजिक सञ्जालमा शेयर बजारका विश्लेषक तथा लगानीकर्ता विष्णुप्रसाद बस्यालले फेसबुकमा लेखेको एउटा स्टाटसले शेयर बजारका आम लगानीकर्तामा ठूलो भ्रम र अन्योल सिर्जना गरिदिएको छ।