नेपाल एसबिआई बैंकको नाफा घट्यो, पूँजी वृद्धिको असर प्रतिशेयर आम्दानीमा

Nov 16, 2019 01:55 PM Merolagani

नेपाल एसबिआई बैंक (SBI) ले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा आम्दानीका सूचकहरुमा सुधार नहुँदा नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकको निक्षेप संकलन तथा कर्जा प्रवाहमा सुधार भएपनि आम्दानीका अन्य सूचकहरुका सुधार नहुँदा नाफा घटेको हो।

बैंकको खुद नाफा गत वर्षको यसै अवधिको तुलनामा १०.७३ प्रतिशतले घटेर ४३ करोड ७२ लाख रुपैयाँमा सीमित भएको छ। गत वर्षको पहिलो त्रैमासमा बैंकले ४८ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा बैंकको वितरण योग्य नाफा (फ्रि प्रोफिट) ३१ करोड ९१ लाख रुपैयाँ छ। राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुप बैधानीक जगेडा र नियामकीय जगेडा कोषमा गरि कूल ११ करोड ८० लाख ७९  हजार रुपैयाँ छुट्याउँदा बैंकको वितरणयोग्य मुनाफामा भने कमी आएको हो।

बैंकको निक्षेप संकलन तथा कर्जा परिचालन भने सुधार भएको छ। चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ९९ अर्ब ७० करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ९७ अर्ब ९२ करोड ४४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकले गत वर्षको सोही अवधिको तुलनामा १.८२ प्रतिशतले निक्षेप संकलन बढाएको हो भने ७.८० प्रतिशतले कर्जा परिचालन रकम बढाएको छ।

बैंकको निक्षेप संकलन तथा कर्जा लगानी बढेको भएपनि खुद व्याज आम्दानी भने २.५० प्रतिशतले घटेको छ। यस अवधिमा बैंकले एक अर्ब २५ करोड ६४ लाख रुपैयाँ मात्रै खुद व्याज आम्दानी गरेको छ। गत वर्षको यहि अवधिमा बैंकले एक अर्ब २८ करोड ८६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो। बैंकको संचलान आम्दानी समेत घटेको छ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस वितरण गरेपछि चुक्ता पूँजी ८ अर्ब ४४ करोड ९२ लाख रुपैयाँ पुगेको छ। यस्तै बैंकको जगेडा कोषमा ३ अर्ब ८५ करोड ८० लाख रुपैयाँ र रिटेन्ड अर्निङ्ग एक अर्ब ८७ करोड ५२ लाख रुपैयाँ छ।

बैंकको पूँजी वृद्धि अनुसार नाफा बढाउन नसक्दा बैंकको प्रतिशेयर आम्दानी घटेको छ। समीक्षा अवधिमा प्रतिशेयर आम्दानी २४ रुपैयाँ ३५ पैसाबाट २० रुपैयाँ ७० पैसामा झरेको छ।

बैकले खराब कर्जा अुनपातमा भने सुधार गरेको छ। गत वर्ष ०.२० प्रतिशत रहेको खराब कर्जा अनुपात यस अवधिमा ०.१७ प्रतिशतमा झरेको हो।

बैंकको प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ११ पैसा छ भने मूल्य आम्दानी अनुपात २०.७० गुणा बढी छ। यस्तै बैंकको पूँजी कोष अनुपात १३.६९ प्रतिशत, आधारदर ९.९४ प्रतिशत र कर्जा निक्षेप अनुपात ७८.५८ प्रतिशत रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।