बुटवल पावरले फिक्स्ड डिपोजिटको पैसा नयाँ आयोजनामा लगानी गर्दा नाफा घट्यो

Nov 17, 2019 08:09 AM Merolagani



चालु आर्थिक वर्षको प्रथम त्रैमासमा बुटवल पावर कम्पनी लिमिटेड (BPCL) ले ६ करोड ९३ लाख ३३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३३.२२ प्रतिशत कम हो। गत आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीले १० करोड ३८ लाख २६ हजार नाफा कमाएको थियो।

कम्पनीले फिक्स्ड डिपोजिटमा राखेको पैसाको ठूलो हिस्सा नयाँ आयोजनाहरुमा लगानी गरेका कारण नाफा घटेको वित्तीय विवरणमा उल्लेख छ। जसका कारण कम्पनीको वित्तीय आम्दानी घट्न पुगेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ५ करोड ६ लाख ४५ हजार रहेको कम्पनीको वित्तीय आम्दानी चालु आवको सोही अवधिमा घटेर ८४ लाख ९१ हजारमा सीमित भएको छ।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी भने ७८ लाख ४२ हजार रुपैयाँ बढेर २० करोड ७७ लाख ६३ हजार पुगेको छ। समीक्षा अवधिमा कम्पनीको विद्युत उत्पादन खर्च ७५ लाख २३ हजार र वितरण खर्च ३३ लाख ८७ हजारले बढेको छ।

२ अर्ब ४४ करोड ५ लाख चुक्ता पूँजी रहेको यस कम्पनीको त्रैमासिक प्रतिशेयर आम्दानी २ रुपैयाँ ८४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २८५ रुपैयाँ ६२ पैसा रहेको छ। कम्पनीको वार्षिक मूल्इ आम्दानी अनुपात ३२.०४ गुणा रहेको छ।

कम्पनीको लगानी रहेको ३० मेगावाट क्षमता भएको न्यादी हाइड्रोपावरको निर्माण कार्य भइरहेको छ भने ३७.६ गुगावाट क्षमताको काबेली ए आयोजना सस्पेन्ड गरिएको छ। त्यसैगरी, १४० मेगावाट क्षमताको लोवर मनाङ्ग मस्र्याङ्गदी हाइड्रोइलेक्ट्रिक आयोजनाको विद्युत उत्पादन लाइसेन्स प्राप्त भएको र पीपीए प्रक्रियाको लागी १०४ मेगावाटको सम्झौता भइसकेको कम्पनीले जनाएको छ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।