नेपाल बैंकले साढे २ अर्बको ऋणपत्र निष्काशन गर्ने

Nov 17, 2019 11:50 AM Merolagani

नेपाल बैंकले पनि साढे २ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरमा "१०% एनबिएल डिबेन्चर २०८३" जारी गर्न लागेको हो। 

बैंकले जारी गर्न लागेको कुल साढे २ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणलाई र बाँकी १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ हजार कित्ता बैंक आफैँले ब्यक्तिगत तवरबाट बिक्री गर्ने जनाएको छ।

बैंकले निष्काशन गर्न लागेको ७ वर्षे अवधिको उक्त ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याज पाइने छ।

बैंकले ऋणपत्र निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। ऋणपत्र निष्काशन सम्बन्धि सम्झौतापत्रमा नेपाल बैंंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नबिल इन्भेष्टमेन्ट बैंकिङ्गका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षेर गरेका छन्।

 

ऋणपत्र जारी गर्नका लागि बैंकले नियामक निकायहरुबाट आवश्यक स्वीकृत प्राप्त भएपछि उक्त ऋणपत्र बिक्रीमा आउने छ।

राष्ट्र बैंकले बैंकहरुमा लगानीयोग्य तरलता समस्या आउन नदिन मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरुलाई अनिवार्य ऋणपत्र निष्काशन गर्ने नीति ल्याएपछि हाल गर्नुपर्ने व्यवस्था गरेको थियो। सो पश्चात पछिल्लो समय गर्ने बैंकहरुको लहर नै चलेको छ। ऋणपत्र निष्काशन गर्ने बैंकहरुको लहरमा सरकारी बैंक पनि सहभागी हुन लागेको हो।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।