सुन र चाँदीको भाउ फेरि बढ्यो

Nov 19, 2019 11:25 AM Merolagani



पछिल्लो दुई दिन केहि घटेको सुन र चाँदीको भाउ मंसिर ३ गते मंगलबार फेरि बढेको छ। यस दिन छापावाला सुन तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार तेजावी सुन समेत तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला ७१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन सोमबार छापावाला सुन तोलामा २०० रुपैयाँले घटेर प्रतितोला ७१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भन तेजाबी सुन प्रतितोला ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार सुनसँगै चाँदीको भाउ समेत बढेको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अघिल्लो दिन सोमबार चाँदी प्रतितोला ८५० रुपैयाँमा कारोबार भएको थियो।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।