सुन र चाँदीको भाउ फेरि बढ्यो

Nov 19, 2019 11:25 AM Merolagani



पछिल्लो दुई दिन केहि घटेको सुन र चाँदीको भाउ मंसिर ३ गते मंगलबार फेरि बढेको छ। यस दिन छापावाला सुन तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार तेजावी सुन समेत तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला ७१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन सोमबार छापावाला सुन तोलामा २०० रुपैयाँले घटेर प्रतितोला ७१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भन तेजाबी सुन प्रतितोला ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार सुनसँगै चाँदीको भाउ समेत बढेको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अघिल्लो दिन सोमबार चाँदी प्रतितोला ८५० रुपैयाँमा कारोबार भएको थियो।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।