मन्त्रीपरिषद् पुनर्गठन बिहीबार मात्रै

Nov 20, 2019 05:23 PM Merolagani



आज बुधबार मन्त्री परिषदको पुनर्गठन नहुने निश्चत भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मन्त्रीपरिषदको पुर्नगठन गर्ने तयारी गरेको भएपनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय बैठकले नयाँ बन्ने मन्त्रीहरुको चयन गर्न नसक्दा मन्त्री परिषदको पुनर्गठन एक दिन पछि धकेलिएको हो ।

नेकपा सचिवालय बैठकले दुई अध्यक्ष जिम्मेवारी बाँडफाँट गरे पनि मन्त्री हेरफेरबारे भने टुंगो लगाउन सकेन । नेकपा कार्यकारी अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  अर्को अध्यक्ष केपी शर्मा ओली ५ वर्ष नै प्रधानमन्त्री पदमा रहने निर्णय गरेको छ। 

पार्टी सचिवालय बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले छिट्टै मन्त्रिमण्डल पुनःगठन गर्ने बताए। उनले बुधबार  बैठकमा मन्त्रिमण्डल फेरबदलको विषयमा छलफल नभएको जानकारी दिए।

नेकपा सचिवलय सोतका अनुसार अब बिहीबार मात्रै मन्त्रीपरिषदको पुनर्गठन हुनेछ। बुधबार बसेको नेकपा सचिवलायले नयाँ बन्ने मन्त्रीहरुको चयन गर्न नसक्दा मन्त्रीपरिषदको पुनर्गठन बिहीबार मात्रै हुने भएको हो ।

स्रोतका अनुसार स्रोतकाअनुसार कृषिमन्त्री चत्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव, महिला बालबालिका मन्त्री थममाया थापा र कृषि राज्यमन्त्री रामकुमारी चौधरी हट्ने सम्भावना धेरै रहेको छ।

यस्तै सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र श्रममन्त्री गोकर्ण विष्टमध्ये एक हट्नसक्ने स्रोतले जनाएको छ ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।