बुढीगण्डकीको मुआब्जा वितरणको ढिलाई विरुद्ध डा. बाबुराम धर्नामा

Nov 21, 2019 05:57 PM Merolagani



राष्ट्रिय गौरवको परियोजना बुढीगण्डकीको मुआब्जा वितरण गर्न ढिलाई भएको भन्दै समाजवादी दलका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई धर्ना बसेका छन्।

भट्टराईसँगै धर्नामा राष्ट्रिय सभाका सांसद सुरेन्द्र पाण्डे, गण्डकी प्रदेशका सांसदहरू प्रकाशचन्द्र दवाडी, धनमाया लामा गोरखाका स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासी पनि सहभागि छन्।

भट्टराई गोरखा जिल्ला प्रशासन कार्यालयमा सम्बन्धित सरोकारवाला र जनप्रतिनिधिहरुसँग धर्ना बसेका हुन्। भट्टराईले परियोजन निमार्णका लागि जग्गाको मुआब्जा वितरण गर्न भएको ढिलाईको अन्त्य गर्न धर्ना बसेको जनाएका छन्। धर्नापछि ट्वीट गर्दै भट्टराईले भनेका छन्, ‘यो महत्वपूर्ण राष्ट्रिय गौरवको परियोजनाको समस्या हल गर्न सरकारको तुरून्त ध्यान पुगोस् ।’

धादिङ र गोरखाको १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावितले मुआब्जा पाउन सकेका छैनन्।

 

बुढीगण्डकी आयोजना क्षेत्रमा पर्ने आरुघाट, खहरे र आर्खेत गोरखा, र धादिङ बजार क्षेत्रका वासिन्दाको जग्गाको मुआब्जा अन्यौल भएपछि सांकेतिक रुपमा दुई घण्टा धर्ना दिएका हुन्।

मुआब्जा तोक्न र वितरण गर्न दवावका लागि मंसिर ६ गते धादिङ र मसिर ९ गते आयोजनाको कार्यालयमा धर्ना दिने कार्यक्रम छ। त्यसबाट पनि निकास नआए थप संघर्षका कार्यक्रम घोषणा गर्ने पीडितहरुले बताएका छन्।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।