धितोपत्र बोर्ड अध्यक्ष छिट्टै : छनोट समिति संयोजक फुँयाल

Nov 21, 2019 05:15 PM Merolagani

सरकारले धितोपत्र बोर्डको अध्यक्ष छिट्टै टुङ्गो लगाउने भएको छ। अध्यक्ष छनोट प्रकृया अगाडि बढिरहेको र अब केही दिनमा अध्यक्षको टुङ्गो लाग्ने धितोपत्र बोर्डको अध्यक्ष छनोट समितिका संयोजक राम कुमार फुँयालले बताए। 

बोर्डको अध्यक्ष चयनका लागि कार्यबिधि बनाइसकेको संयोजक राम कुमार फुँयालले मेरोलगानीलाई बताए। धितोपत्र बोर्डको अध्यक्ष छनोट व्यवस्थित र मर्यादित बनाउनलाई कार्यबिधि बनाउनु परेको उनको भनाई छ ।

विगतका वर्षहरुमा अध्यक्ष चयन प्रकृया खासै व्यस्थित नभएको र यस वर्षदेखि अध्यक्ष चयन प्रकृया व्यवस्थित बनाउनका लागि कार्यबिधि बनाउने प्रकृयामा केही समय लागेको फुँयालको भनाई छ।

सरकारले उक्त पदका लागि खुल्ला प्रतिस्पर्धाबाट नै छनोट गर्ने फुँयालले बताए। अर्थ मन्त्रालयको वेबसाइडमा अध्यक्ष पदका लागि आकांक्षी उम्मेदवारहरुको माग हुने उनले बताए। उक्त पदमा आवेदन गर्न इच्छुकले आवेदन गर्न सक्नेछन् ।

नेपाल सरकारले मन्त्रिस्तरिय निर्णयबाट राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालको संयोजकत्वमा तीन सदस्य समिति गठन गरेको हो। उक्त समितिमा अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुंगाना र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्य समेत रहेका छन् । बोर्ड अध्यक्षको पद रिक्त भएको झण्डै ५ हप्ता भईसकेको छ। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।