साग खेलाडीका लागि पाँच लाखको दुर्घटना बीमा हुने

Nov 26, 2019 11:02 AM Merolagani



दक्षिण एसियाली खेलकुद (साग) २०७६ मा सहभागी हुने बैदेशिक पदाधिकारीहरु तथा खेलकुदकर्मीहरुको सामुहिक दुर्घटना बीमा हुने भएको छ । १३ औं सागमा सहभागी हुने बैदेशिक पदाधिकारीहरु तथा खेलकुदकर्मीहरुको प्रति व्यक्ति ५ लाख रुपैयाँको दरले बीमा हुने भएको हो ।

त्यस सम्बन्धमा आइएमई जनरल इन्स्योरेन्स र राष्ट्रिय खेलकुद परिषदको सचिवालय तथा १३ औँ दक्षिण एसियाली खेलकुद २०७६ को मूल आयोजक समितिबीच सम्झौता भएको छ ।

सम्झौतापत्रमा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदको सचिवालय तथा १३ औँ दक्षिण एसियाली खेलकुद २०७६ को मूल आयोजक समितिको तर्फबाट सदस्य सचिव रमेश सिलवालले हस्ताक्षर गरेका हुन् ।

मंसिर १५ गतेदेखि मंसिर २४ गतेम्मको साग गेमका लागि आइएमई जनरल इन्स्योरेन्सलाई आधिकारिक बीमा प्रायोजकको रुपमा नियुक्त गरिएको छ । कार्यक्रममा सदस्य सचिव सिलवालले आइएमई जनल इन्स्योरेन्सका पदाधिकारीहरुलाई धन्यवाद दिदै आगामि दिनमा पनि इन्स्योरेन्स सँग सेवा विस्तार गरि अगाडी बढ्ने बताए ।

इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नेपालमा आयोजना हुने १३ औँ दक्षिण एसियाली खेलकुदको कार्यक्रममा आधिकारिक प्रायोजनको रुपमा आफ्नो कम्पनीलाई मौका दिएकोमा मूल आयोजक समितिलाई धन्यवाद दिए ।

 




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।