साग खेलाडीका लागि पाँच लाखको दुर्घटना बीमा हुने

Nov 26, 2019 11:02 AM Merolagani



दक्षिण एसियाली खेलकुद (साग) २०७६ मा सहभागी हुने बैदेशिक पदाधिकारीहरु तथा खेलकुदकर्मीहरुको सामुहिक दुर्घटना बीमा हुने भएको छ । १३ औं सागमा सहभागी हुने बैदेशिक पदाधिकारीहरु तथा खेलकुदकर्मीहरुको प्रति व्यक्ति ५ लाख रुपैयाँको दरले बीमा हुने भएको हो ।

त्यस सम्बन्धमा आइएमई जनरल इन्स्योरेन्स र राष्ट्रिय खेलकुद परिषदको सचिवालय तथा १३ औँ दक्षिण एसियाली खेलकुद २०७६ को मूल आयोजक समितिबीच सम्झौता भएको छ ।

सम्झौतापत्रमा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदको सचिवालय तथा १३ औँ दक्षिण एसियाली खेलकुद २०७६ को मूल आयोजक समितिको तर्फबाट सदस्य सचिव रमेश सिलवालले हस्ताक्षर गरेका हुन् ।

मंसिर १५ गतेदेखि मंसिर २४ गतेम्मको साग गेमका लागि आइएमई जनरल इन्स्योरेन्सलाई आधिकारिक बीमा प्रायोजकको रुपमा नियुक्त गरिएको छ । कार्यक्रममा सदस्य सचिव सिलवालले आइएमई जनल इन्स्योरेन्सका पदाधिकारीहरुलाई धन्यवाद दिदै आगामि दिनमा पनि इन्स्योरेन्स सँग सेवा विस्तार गरि अगाडी बढ्ने बताए ।

इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नेपालमा आयोजना हुने १३ औँ दक्षिण एसियाली खेलकुदको कार्यक्रममा आधिकारिक प्रायोजनको रुपमा आफ्नो कम्पनीलाई मौका दिएकोमा मूल आयोजक समितिलाई धन्यवाद दिए ।

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।