सूर्योदय लघुवित्तको साधारण सभा आह्वान, मर्जर र बोनसपछि शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव

Nov 28, 2019 09:49 AM Merolagani

सूर्योदय लघुवित्त (SLBS) र त्रिलोक लघुवित्त वित्तीय संस्था लिमिटेड मर्ज हुने भएका छन्। मर्जर सम्बन्धी प्रस्ताव बारे छलफल गरी पारित गर्न लघुवित्तले पुस ५ गते साधारण सभा डाकेको छ।

लघुवित्तको साधारण सभा जिल्ला समन्वय समिति स्याङ्जाको सभाहलमा बिहान ८ बजे सुरु हुनेछ। यसका साथै, बोनस वितरणपश्चात सूर्योदयले त्रिलोकलाई १ बराबर ०.९७ शेयर स्वाप अनुपातमा मर्ज गर्ने, मर्जरपश्चात सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट वित्तीय कारोबार गर्ने र बोनस वितरण तथा मर्जरपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर जारी गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

सभाले लघुवित्तको सञ्चालक समितिले प्रस्ताव गरेको ४६.८१८७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

लघुवित्तको भदौ ७ गते बसेको सञ्चालक समितिको १३१ औं बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ४४।४७७८ प्रतिशतले हुन आउने ४ करोड ८० लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि २।३४०९ प्रतिशतले हुन आउने २५ लाख २६ हजार ३१५ रुपैयाँ नगद लाभांश गरि कूल ५ करोड ५ लाख २६ हजार ३१५ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने निर्णय गरेको थियो।

हाल लघुवित्तको चुक्ता पूँजी १० करोड ७९ लाख रहेको छ। ४४.४७७८ प्रतिशत बोनस वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी १५ करोड ५९ लाख पुग्नेछ।

त्यसैगरी, त्रिलोक लघुवित्तको हाल कायम चुक्ता पूँजी ६ करोड ९ लाख रहेको छ। १ः०.९७ शेयर स्वाप अनुपातमा मर्ज भएपश्चात एकीकृत लघुवित्तको चुक्ता पूँजी २१ करोड ५० लाख पुग्नेछ। सो पूँजीको शतप्रतिशत हकप्रद निष्कासन गरेपश्चात लघुवित्तको चुक्ता पूँजी ४३ करोड ८५ हजार पुग्नेछ।

त्रिलोक लघुवित्तसँग २०७६ असार १९ गते बिहीबार मर्जर सम्झौता भएका कारण देखि नेप्सेमा सूर्योदयको शेयर कारोबार रोक्का रहेको छ। यसअनुसार सो दिनसम्म नेप्सेमा कारोबार भई कायम रहेका सूर्योदयका लगानीकर्ताले प्रस्तावित लाभांश पाउनेछन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।