अमेरिका–चीन सम्बन्धमा देखिएन सुधारको संकेत, चीनद्धारा कारबाहीको चेतावनी

Nov 28, 2019 01:27 PM Agency



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङका प्रदर्शनकारीहरूको पक्षमा समर्थन गरेका छन्। हङकङमा लोकतन्त्रको मागका लागि जारी प्रदर्शनलाई समर्थन गर्ने सम्बन्धि एक विधेयकमा ट्रम्पले हस्ताक्षर गरेका हुन्। 

ट्रम्पको उक्त निर्णयबाट चीन आक्रोशित भएर अमेरिकाका विरुद्ध जबाफी कारबाही गर्ने धम्की दिएको छ। 

चीनको विदेश मन्त्रालयले एक बयान जारी गर्दै भनेका छ, यसको प्रकृति अत्यन्त घृणित छ र यसको उद्देश्य एकदमै भयावह पनि। यद्यपी चीनले अमेरिकाका विरुद्ध कस्तो कदम उठाउनेछ भनेर खुलाइएको भने छैन।

हङकङको संसदमा सुपुर्दगी सन्धि पेस भएपछि त्यसको विरोधमा प्रदर्शन भइरहेको छ। लोकतन्त्र माग्दै आन्दोलन जारी रहेका बेला ट्रम्पले प्रदर्शनकारीहरूलाई समर्थन गर्ने अमेरिकी संसद्को विधेयकमा हस्ताक्षर गरेका हुन्।

यद्यपी राष्ट्रपति ट्रम्पले चीन, त्यहाँका राष्ट्रपति सी चिनफिङ र हङकङका जनताप्रति सम्मान दर्शाउन आफूले नयाँ कानूनमा हस्ताक्षर गरेको बताएका छन्।

हङकङ प्रजातन्त्र तथा मानव अधिकार विधेयक अमेरिकी कंग्रेसमा पेस भएको थियो। पेस गरिएको विधेयकले संसदबाट पारित भएर कानूनी मान्यता पाएको छ।

अमेरिका र चीनको सम्बन्ध पछिल्लो समय झनै बिग्रदै गएको छ। दुई देशबीच लामो समयदखि जारी व्यापार युद्धका बीच चीनले आन्तरिक मामिलामा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी दिँदै आइरहेको छ। ट्रम्पको पछिल्लो निर्णयले अमेरिका–चीनका बीचको सम्बन्ध झनै खस्किदै जानेसक्ने विश्लेषकहरुले बताएका छन्। एजेन्सी




दुई कम्पनीको शेयरमूल्य समायोजन

Sep 24, 2026 06:41 AM

असोज ८ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन सांग्रिला डेभलपमेन्ट बैंक र स्नो रिभर्सको शेयरमूल्य समायोजन भएको हो।