भारत सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने मुलुक

Nov 29, 2019 01:50 PM Agency



भारत विश्वको सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने मुलुकका रुपमा रहेको छ। अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) ले सार्वजनिक गरेको ‘वल्र्ड माइग्रेशन रिपोर्ट २०२०’ का अनुसार सन् २०१८ मा ७८ अर्ब ६० करोड अमेरिकी डलर रेमिट्यान्स भित्र्याउँदै भारत सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने मलुक बन्न सफल भएको हो। 

सन् २०१८ मा भारतले विश्वभरको समग्र रेमिट्यान्समा ११.४ प्रतिशतको हिस्सा ओगटेको छ। रिपोर्ट अनुसार सन् २०१८ मा भारतले भित्र्याएको रेमिट्यान्स ३ वर्षअघिको तुलनामा १४ प्रतिशत बढी हो।

सन् २०१८ मा समग्रमा विश्वभरका विभिन्न मुलुकले ६ खर्ब ८९ अर्ब डलरको रेमिट्यान्स भित्र्याएका थिए।

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने देशको सूचीमा दोस्रो स्थानमा चीन रहेको छ। चीनले सन् २०१८ मा ६७ अर्ब ४१ करोड डलर रेमिट्यान्स भित्र्याएको थियो । यो समग्र रेमिट्यान्सको ९.८ प्रतिशत हो।

त्यस्तै यो सूचीको तेस्रो स्थानमा रहेको मेक्सिकोले सन् २०१८ मा ३५ अर्ब ७० करोड डलर रेमिट्यान्स भित्र्याएको हो। समग्र रेमिट्यान्समा मेक्सिकोको हिस्सा ५.१ प्रतिशत रहेको छ।

यसैगरी सबैभन्दा धेरै रेमिट्यान्स पठाउने देशका रुपमा भने अमेरिका रहेको छ। अमेरिकाबाट रेमिट्यान्सका रुपमा ६८ अर्ब डलर बाहिरिएको छ भने दोस्रो स्थानमा रहेको यूएईबाट ४४ अर्ब ४० करोड डलर र साउदी अरेबियाबाट ३६ अर्ब १० करोड डलर बाहिरिएको छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।