भारत सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने मुलुक

Nov 29, 2019 01:50 PM Agency



भारत विश्वको सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने मुलुकका रुपमा रहेको छ। अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) ले सार्वजनिक गरेको ‘वल्र्ड माइग्रेशन रिपोर्ट २०२०’ का अनुसार सन् २०१८ मा ७८ अर्ब ६० करोड अमेरिकी डलर रेमिट्यान्स भित्र्याउँदै भारत सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने मलुक बन्न सफल भएको हो। 

सन् २०१८ मा भारतले विश्वभरको समग्र रेमिट्यान्समा ११.४ प्रतिशतको हिस्सा ओगटेको छ। रिपोर्ट अनुसार सन् २०१८ मा भारतले भित्र्याएको रेमिट्यान्स ३ वर्षअघिको तुलनामा १४ प्रतिशत बढी हो।

सन् २०१८ मा समग्रमा विश्वभरका विभिन्न मुलुकले ६ खर्ब ८९ अर्ब डलरको रेमिट्यान्स भित्र्याएका थिए।

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने देशको सूचीमा दोस्रो स्थानमा चीन रहेको छ। चीनले सन् २०१८ मा ६७ अर्ब ४१ करोड डलर रेमिट्यान्स भित्र्याएको थियो । यो समग्र रेमिट्यान्सको ९.८ प्रतिशत हो।

त्यस्तै यो सूचीको तेस्रो स्थानमा रहेको मेक्सिकोले सन् २०१८ मा ३५ अर्ब ७० करोड डलर रेमिट्यान्स भित्र्याएको हो। समग्र रेमिट्यान्समा मेक्सिकोको हिस्सा ५.१ प्रतिशत रहेको छ।

यसैगरी सबैभन्दा धेरै रेमिट्यान्स पठाउने देशका रुपमा भने अमेरिका रहेको छ। अमेरिकाबाट रेमिट्यान्सका रुपमा ६८ अर्ब डलर बाहिरिएको छ भने दोस्रो स्थानमा रहेको यूएईबाट ४४ अर्ब ४० करोड डलर र साउदी अरेबियाबाट ३६ अर्ब १० करोड डलर बाहिरिएको छ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।