सनराइज बैंकको १२५ औं शाखा परासीमा

Dec 02, 2019 05:42 PM merolagani



सनराइज बैंक (SRBL) ले नवलपरासी स्थित परासीमा १२५ औं शाखा संचालनमा ल्याएको छ । बैंकले आइतबार आयोजित एक कार्यक्रममा रामग्राम नगरपालीकाको मेयर नरेन्द्र कुमार गुप्ता र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा उक्त शाखा कार्यालयको उद्घाटन गरे । 

कार्यक्रममा बैंकका सिइओ जनक शर्मा पौड्यालले सर्वसाधारणमा बचत गर्ने बानीको विकास गर्न अनुरोध गदै उक्त बचतलाई बैंक मार्फत लगानी गर्न प्रोत्साहन गरे।

आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायका साथ सनराइज बैंकले देशका विभिन्न भागमा शाखा विस्तार गर्दै आइरहेको छ ।

 

त्यसैगरी सोही दिन झापाकाे सुरुङ्गामा  कनकाई नगरपालिकाका मेयर राजेन्द्र कुमार पोखरेल र बैंकका संचालक समितिका सदस्य शारदा शर्मा पुडासैनीले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेका छन्।

सनराइज बैंकले हाल १२५ वटा शाखा, ३९ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५ वटा ए.टि.एम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

 




अब सुचिकृत कम्पनीको शेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म घटबढ हुन पाउने, प्री ओपन सेसनको सिमा ५ %

Apr 09, 2026 01:14 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ मा ठुलो संशोधन गरेको छ।