घटेको बजारमा नेशनल माइक्रोफाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट

Dec 02, 2019 03:51 PM Merolagani



सोमबार नेप्से परिसूचक ओरालो लागेपनि नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको छ।

गत आर्थिक वर्षको नाफाबाट सर्वाधिक ७५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको यस लघुवित्तको यस दिन मूल्य समायोजन भएको थियो। नेप्सेले बोनस समायोजन गरी एक हजार २८ रुपैयाँ ५७ पैसा कायम गरेको थियो। लघुवित्तले बोनस शेयर वितरणपश्चात ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नेछ। सोही कारण यस दिन लगानीकर्ताहरु कम्पनीको शेयर खरिद गर्नतर्फ लागेका हुन्। लघुवित्तले लाभांश तथा हकप्रद निष्कासन प्रस्ताव पारित गर्न मंसिर २९ गते साधारण सभा डाकेको छ।

यस दिन महुली सामुदायिक लघुवित्तको शेयरमूल्य ७.८३ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको मुनाफा र शेयर प्रिमियमबाट २० प्रतिशत बोनस तथा ११.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणाका कारण लगानीकर्ताहरु यसतर्फ आकर्षित भएका हुन्।

सोमबार एनएमबि बैंक, नेपाल लाइफ इन्स्योरेन्स, जनउत्थान लघुवित्त र एनआईसी एशियाको कारोबार रकम १ करोड नाघेको छ। बैंकले गत आवको मुनाफाबाट २१ प्रतिशत बोनस र १४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही कारण पछिल्ला दिनहरुमा बैंकको कारोबार रकम दैनिकजसो १ करोड नाघ्ने गरेको छ। लाभांश पारित गर्न बैंकले साधारण सभाको मिति भने तय गरिसकेको छैन।

विगतमा राम्रो लाभांश घोषणा गरेको र गत आवको मुनाफाबाट पनि राम्रो लाभांश वितरण गर्ने अपेक्षाका कारण नेपाल लाइफ र जनउत्थानको शेयर कारोबार बढेको हो।
नेप्से परिसूचक यस दिन ०.८६ अंक घटेर एक हजार १११ दशमलव ९९ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इन्डेक्स ०.४४, फ्लोट, ०.०२ र सेन्सेटिभ इन्डेक्स ०.०८ अंक घटेको छ। नेप्से ओरालो लागेपनि यस दिनको कारोबार रकम अघिल्लो दिनको तुलनामा केही बढेको छ। यस दिन १६४ कम्पनीको २३ करोड २२ लाख ५९ हजार रुपैयाँ बराबरको ८ लाख २६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

व्यापार उप–समूहको परिसूचक यस दिन सर्वाधिक ३.२ प्रतिशत बढेको छ। जलविद्यूतको यस दिन ०.२४ र बैंकिङ्गको ०.११ प्रतिशत बढेको छ।
यस दिन जीवन बीमा उपसमूहमा भने करेक्सन भएको छ। आइतबार २.६१ प्रतिशत बढेको यस उपसमूहको परिसूचक यस दिन १.२६ प्रतिशत करेक्सन भएको हो। म्युचुअल फन्ड उपसमूहको परिसूचक यस दिन ०.९२ र होटलको ०.५ प्रतिशत घट्दा अन्य उपसमूहका परिसूचकहरु सामान्य घटेका छन्।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।