महालक्ष्मी विकास बैंकलाई साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड

Dec 02, 2019 03:55 PM Merolagani



महालक्ष्मी विकास बैंक (MLBL) ले साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड २०१८ प्राप्त गरेको छ। सार्क राष्ट्रहरुको लेखा व्यवसायलाई नियमन गर्ने निकायहरुको छाता संगठन साउथ एसिएन फेडेरेशन अफ एकाउन्ट्सले बङगलादेशको ढाकामा सम्पन्न एक समारोहका बीच बैंकलाई उक्त अवार्ड प्रदान गरेको हो।

साफाले दक्षिण एसियाली राष्ट्रका वित्तीय सेवा क्षेत्रका संस्थाहरुकोे वार्षिक प्रतिवेदनको मुल्यांकन गरी सर्टिफिकेट अफ मेरिटबाट साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड– २०१८ प्रदान गरेको थियो। बंगलादेशका वाणिज्य मन्त्री टिपु मुन्सि एमपिले बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेलाई उक्त सर्टिफिकेट हस्तान्तरण गरेका हुन्।


महालक्ष्मी बैंकले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्ट्स अफ नेपालबाट २०१८ को उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड जित्न सफल भएसँगै सार्क राष्ट्रका बैंक तथा वित्तीय संस्थाहरु मध्येबाट उत्कृष्ट बन्दै वित्तीय सेवा क्षेत्रका बैंकका तर्फबाट मेरिट सर्टिफिकेट हासिल गर्न सफल भएको हो।

अवार्ड पाएसँगै बैंकले आगामी दिनहरुमा संस्थाको पारदर्शिता, जवाफदेहिता र सुशासनमा अभिवृद्घि गरी अझै उत्कृष्ट बार्षिक प्रतिवेदन प्रस्तुत गर्न सधै प्रयासरत रहने जनाएको छ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।