स्वदेशी लघुवित्तको लाभांश पारित, बाेनसपछि २५ प्रतिशत हकप्रद आउने

Dec 02, 2019 06:28 PM merolagani



स्वदेशी लघुवित्त वित्तीय संस्था (SDESI)ले २५ प्रतिशत हकप्रद बिक्री गर्ने भएकाे छ । सोमबार इटहरीमा सम्पन्न पाँचौ वार्षिक साधारण सभाले ३५ प्रतिशत लाभांशसमेत  पारित गरेको छ।

साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई सञ्चालक समितिले प्रस्ताव गरे अनुसारको कर सहित १५ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस शेयर गरी कूल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

त्यसैगरी सभाले बोनस शेयर वितरणपश्चात कायम हुने चुक्ता पूँजी २७ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत अर्थात चार बराबर एक शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ।

 

साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुमा लालमणि जोशी, सुरेश कुमार अग्रवाल र निशान्त जोगाइलाई  निर्वाचित गरेको छ।

त्यसैगरी लघुवित्तले अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा एक्वीजिसनमा जान सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गरेको छ।

बोनस वितरण तथा हकप्रद शेयर निष्काशन पश्चात लघुवित्तकाे पूँजी बृद्धि भइ ३४ करोड ५० लाख रुपैयाँ पुग्नेछ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।