स्वदेशी लघुवित्तको लाभांश पारित, बाेनसपछि २५ प्रतिशत हकप्रद आउने

Dec 02, 2019 06:28 PM merolagani

स्वदेशी लघुवित्त वित्तीय संस्था (SDESI)ले २५ प्रतिशत हकप्रद बिक्री गर्ने भएकाे छ । सोमबार इटहरीमा सम्पन्न पाँचौ वार्षिक साधारण सभाले ३५ प्रतिशत लाभांशसमेत  पारित गरेको छ।

साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई सञ्चालक समितिले प्रस्ताव गरे अनुसारको कर सहित १५ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस शेयर गरी कूल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

त्यसैगरी सभाले बोनस शेयर वितरणपश्चात कायम हुने चुक्ता पूँजी २७ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत अर्थात चार बराबर एक शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ।

 

साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुमा लालमणि जोशी, सुरेश कुमार अग्रवाल र निशान्त जोगाइलाई  निर्वाचित गरेको छ।

त्यसैगरी लघुवित्तले अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा एक्वीजिसनमा जान सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गरेको छ।

बोनस वितरण तथा हकप्रद शेयर निष्काशन पश्चात लघुवित्तकाे पूँजी बृद्धि भइ ३४ करोड ५० लाख रुपैयाँ पुग्नेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।