पेट्रोल र डिजेलको मूल्य २ रुपैयाँ बढ्यो

Dec 03, 2019 07:50 AM RSS



अन्तरराष्ट्रिय बजारमा मूल्य वृद्धि भएपछि नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर २ रुपैयाँ बढाएको छ। वृद्धिपश्चात मंसिर १७ गते मंगलबार (आज) देखि पेट्रोल प्रतिलिटर १०९ रुपैयाँ र डिजेल ९७ रुपैयाँमा बिक्री हुनेछ।

अन्तरराष्ट्रिय बजारमा मूल्य बढ्दासमेत गत चार महिनायता मूल्य समायोजन नगरेको निगमले आज सो वृद्धि गरेको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए।

उनले दशैँ, तिहार छठलगायत चाडपर्वका अवसरमा अन्तरराष्ट्रिय जगतमा मूल्य वृद्धि भए पनि पुरानै मूल्य कायम गरिएको बताउँदै नयाँ मूल्यदरबाट हाल भारतीय सीमामा प्रतिलिटर २० रुपैयाँ मूल्यान्तर रहेकामा १८ रुपैयाँ मूल्यान्तर हुने जनाए।

सोमबारसम्म पेट्रोलको मूल्य प्रतिलिटर १०७ रुपैयाँ र डिजेल ९५ रुपैयाँ रहेको थियो। सो मूल्य गत साउन २२ गते निर्धारण गरिएको थियो।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।