गणपतिको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 03, 2019 08:33 AM Merolagani



गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (GMFBS) ले वितरण गर्ने घोषणा गरेको ७ प्रतिशत बोनस शेयर सुरक्षित गर्न आज (मंसिर १७ गते, मंगलबार) अन्तिम दिन हो।

भदौ ३ गते बसेको माइक्रोफाइनान्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट कूल चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो।

हाल १० करोड ३५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको माइक्रोफाइनान्सको वोनस वितरणपछि चुक्ता पूँजी ११ करोड ७ लाख रुपैयाँ पुग्नेछ ।

सो लाभांश अनुमोदन गर्न माइक्रोफाइनान्सले पुस ४ गते शुक्लागण्डकी नगरपालिका स्थित जंगल पार्क रिसोर्ट तनहुँमा साधारण सभा बोलाएको छ। सो सभाले बोनस पश्चात कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत अर्थात २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

माइक्रोफाइनान्सले लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि मंसिर १८ गतेदेखि बुकक्लोज गर्ने भएकाले मंसिर १७ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश र साधारण सभामा प्रतिनिधित्व जनाउन पाउनेछन्।

सोमबार दोस्रो बजारमा लघुवित्तको शेयर प्रतिकित्ता ५०३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले ५४ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजानिक गरेको थियो। वित्तीय विवरणअनुसार माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी २१ रुपैयाँ १२ पैसा, प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ ४१ पैसा र मूल्य आम्दानी अनुपात २६.२८ गुणा छ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।