युनाईटेड फाइनान्सको लाभांश बढ्यो

Dec 04, 2019 11:29 AM Merolagani



युनाईटेड फाइनान्स( UFL) शेयरधनीलाई वितरण गर्ने लाभांश बढाएको छ। फाइनान्सले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्ष वितरण गरेको लाभांशको तुलनामा दोब्बर लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
 

मंसिर १७ गते मंगलबार सम्पन्न फाइनान्स सञ्चालक समितिको २४० औं बैठकले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १०.५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

फाइनान्सले शेयरधनीलाई ३ प्रतिशत बोनश शेयर तथा कर सहित ७.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

फाइनान्स  समितिबाट प्रस्तावित उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर फाइनान्सको आगामी साधारण सभाबाट पारित भएपछि मात्र  शेयरधनीलाई वितरण हुनेछ ।

एक अर्ब एक करोड ५ लाख १९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको प्रस्तावित तीन प्रतिशत बोनस पश्चात एक अर्ब ४ करोड ८ लाख ३४ हजार ६४६ रुपैयाँ पूँजी कायम हुनेछ । 

 

गत आर्थिक वर्षका चौंथो त्रैमासमा फाइनान्सले ८८ प्रतिशतले मुनाफामा सुधार गर्दै १३ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा फाइनान्सले ५.२६ प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।