नेपाल धितोपत्र बोर्ड अध्यक्षका लागि आठ जनाकाे आवेदन

Dec 06, 2019 05:04 PM Merolagani

नेपाल धितोपत्र बोर्ड अध्यक्षका लागि आठ जनाले आवेदन दिएका छन् । श्राेतका अनुसार कार्यालय समयभित्र आठ जनाले आबेदन दर्ता गराएका हुन् ।

तर यस बिषयमा समितिका संयाेजक राम कुमार फुंयालले  छनाैट समितिकाे बैठक बसेपछि मात्र सबै विवरण दिन मिल्ने जानकारी दिए । श्राेतका अनुसार बोर्डकाे अध्यक्षका  नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा हाल बोर्डका सञ्चालक रहेका भीष्म कुमार ढुंगाना, बाेर्डकै कार्यकारी निर्देशक निरज गिरी, उप निर्देशक डा. नवराज अधिकारी, नेप्सेका पूर्व महाप्रवन्धक सिताराम थपलिया, ब्रोकर एशाेसियसनका पूव अध्यक्ष नरेन्द्र सिँजापति लगायत छन् । ढुंगाना अहिले बाेर्ड संचालक समितिमा बिज्ञ सदस्यका रूपमा रहेका छन् ।

बोर्डको अध्यक्ष छनौट समितिमा राष्ट्रिय योजना आयोगका सदस्य राम कुमार फुयाँलको संयोजकत्वमा राजश्व सचिव शिशिर ढुंगाना र आइक्यान अध्यक्ष कृष्ण आचार्य सदस्य रहेका छन् ।

अर्थ मन्त्रालयले एक महिना पहिले छनौट समिति गठन गरेकाे थियाे ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।