धितोपत्र व्यवसायीलाई सामाजिक उत्तरदायित्वमा जिम्मेवार बनाइँदै

Dec 08, 2019 06:03 PM Merolagani

धितोपत्र व्यवसायीहरु (ब्रोकर)ले  सामाजिक कामका लागि अनिवार्य रकम छुट्यायनु पर्ने व्यवस्था गरिन लागेकाे छ । धितोपत्र बोर्डले संशोधनका लागि अर्थमन्त्रलयमा पठाएको  नियमावलीमा यस्ताे प्रावधान राखिएकाे छ ।

ब्रोकरहरुको वार्षिक मुनाफाको एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्टयाई खर्च गर्नेु पर्ने सम्बन्धी व्यवस्था मिलाउन नियमावली संशोधन गर्न लागिएकाे धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए ।

गतवर्ष मुद्रा तथा पुँजी बजार सम्बन्धी सुझाव समितिले अर्थ मन्त्रालयमा बुझाएको ५८ बुँदे प्रतिवेदनमा  धितोपत्र बोर्डले सामाजिक उत्तरदायित्व कोषलाइ तत्काल कार्यान्वयन गनुपर्ने उल्लेख गरिएको थियाे ।

अर्थ मन्त्रालयले तत्काल काम शुरु गर्ने भन्दै बोर्डलाई निर्देशन दिएपनि बोर्डले उक्त व्यवस्था लागू गर्न झण्डै एक वर्ष लगाएको हो । कुनै पनि व्यवस्था कार्यान्वयन गर्नु पूर्व नीतिगत प्रकृया पुरा गर्नुपर्ने भएकाले ढिला भएको गिरीले बताए । सम्भवत छिट्टै उक्त नियमावलीको संशोधन भइसक्ने गिरीले जानकारी दिए ।

धितोपत्र बोर्डले सामाजिक उत्तरदायित्व कोषका विषयमा विस्तृत अध्ययन गरि सुझाव पेश गर्न बोर्डका नीति, अनुसन्धान तथा योजना महाशाखा हेर्ने उप–कार्यकारी निर्देशकको संयोजकत्वमा ४ सदस्यीय समिति समेत गठन गरेको थियो ।

उक्त समितिले बुझाएको सुझाव अनुसार नियमावली संशोधन प्रकृया अगाडि बढेको हो ।

नेपाल स्टक ब्रोकर एशोसियसका अध्यक्ष भरत रानाभाटले आफूहरु शेयर बजारमा व्यवसाय गर्ने भएकाले  सामाजिक उत्तरदायित्व पनि शेयर बजारप्रति नै हुने बताए । आफूहरुले गरेको आम्दानीको केही प्रतिशत रकमले समाजमा केही राम्रो गर्न सकिन्छ भने आफूहरु यस योजना प्रति सकारात्मक रहेको अध्यक्ष रानाभाटको भनाई छ ।

याे नियमावली भर्खर आउने तयारी भए पनि ब्राेकरहरूले आम्दानीकाे एक प्रतिशत भन्दा धेरै रकम शेयर सम्बन्धी सचेतना सहित सामाजिक कामहरुमा खर्च गर्दै आएको  दावी रानाभाट गरे । यद्यपि विगतमा सामाजिक उत्तरदायित्व कोष मार्फत खर्च गर्नुपर्ने अनिवार्य व्यवस्था भने थिएन । 

धितोपत्र व्यवसायीहरुले नाफाको १ प्रतिशत रकम शेयर बजार मै केन्द्रित रहेर खर्च  गर्दा त्यसले शेयर शिक्षा र  अभिमुखीकरणमा महत्वपूर्ण याेगदान दिनसक्ने बिश्वास गर्न सकिन्छ ।

 

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।