पोखरा फाइनान्सले लाभांश पारित गर्न तोक्यो साधारण सभाको मिति

Dec 12, 2019 08:34 AM Merolagani

पोखरा फाइनान्स लिमिटेड (PFL) ले गत आर्थिक वर्षसम्मको शेयर प्रिमियम कोष र वितरणयोग्य मुनाफबाट वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न पुस १८ गते साधारण सभा आह्वान गरेको छ।

फाइनान्सको तेइसौँ वार्षिक साधारण सभा दरबारथोक बैंक्वेट, बाँस्तोलाथर, पोखरामा बिहान ९ बजेदेखि शुरु हुनेछ।

सभामा गत आर्थिक वर्षसम्मको शेयर प्रिमियम कोषबाट सञ्चालक समितिले प्रस्ताव गरेको ७ प्रतिशत बोनस शेयर र गत आर्थिक वर्षसम्मको वितरण योग्य मुनाफाबाट ७.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनको लागि फाइनान्सले पुस ४ गतेदेखि १८ गतेसम्म बुक क्लोज गर्ने भएको छ। पुस ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सभामा भाग लिन, लाभांश प्राप्त गर्न सक्नेछन्।

पोखरा फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दुई करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। फाइनान्सको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ७० पैसा छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ९८ पैसा छ। फाइनान्सको मूल्य आम्दानी अनुपात १०.२२ गुणा छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।